Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

चार्डबाड, उपभोग र अर्थतन्त्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार्डबाड, उपभोग र अर्थतन्त्र
Photo / Coverage: हिमालय टाइम्स

यतिवेला नेपालीहरू चार्डबाडको रौनकमा छन् । महान चार्ड दशैँ सकिएको छ र तिहार आँगनमै आइसकेको छ । मनोरञ्जन र उल्लासको पर्व तिहारलाई देउसीभैलो र नाँचगानले सुगन्ध छर्छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आफ्नै भाका र लयका देउसी गीतहरूले तिहारलाई कम्ता रमाइलो बनाउँदैन । पाँच दिनसम्म मनाइने तिहारको पूर्वसन्ध्यामा दशैँमा जस्तै बजारमा व्यापक किनमेल, चहलपहल र मेलामहोत्सव बढेका देखिन्छन् । नेपालीहरूका लागि दशैँ–तिहार केवल धार्मिक तथा सांस्कृतिक पर्वमात्र होइनन्, नेपाली अर्थतन्त्रको मौसमी चक्रलाई तीव्र बनाउने महत्त्वपूर्ण समयसमेत हो । नेपालजस्तो उपभोगमा आधारित अर्थतन्त्रमा दशैँ–तिहार र छठजस्ता पर्वको महत्त्व ठूलो छ । दशैँ-तिहारमा हुने खर्चको महत्त्वपूर्ण पक्ष भनेको यो खर्च केवल एउटा क्षेत्रमा सीमित हुँदैन । एउटा परिवारले कपडा किन्दा कपडा व्यवसायीको कारोबार बढ्छ । त्यसपछि सामान ढुवानी गर्ने यातायात व्यवसायी, गोदाम, थोक व्यापारी र खुद्रा व्यापारीसम्म त्यसको प्रभाव पुग्छ । होटलमा मानिसको आवागमन बढ्दा खाद्यान्न, श्रम, यातायात र पर्यटनसँग जोडिएका व्यवसायमा माग बढ्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ६६ खर्ब पुगेको छ । त्यसमध्ये निजी उपभोग खर्चमात्रै ५४ खर्ब ३८ अर्बभन्दा बढी छ । निजी उपभोगमा खाद्यान्नतर्फ २६ खर्ब २७ अर्ब, गैरखाद्य वस्तुतर्फ करिब दश खर्ब र सेवातर्फ १८ खर्बभन्दा बढी खर्च हुने अनुमान छ । यसले नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा कति ठूलो छ भन्ने देखाउँछ । यही ठूलो उपभोग बजारमा दशैँ–तिहारले छोटो समयमै अतिरिक्त माग सिर्जना गर्छ । दशैँमा लत्ताकपडा, जुत्ता, मोबाइल, इलेक्ट्रोनिक्स सामान, खाद्यान्न, मदिरा तथा पेय पदार्थ, सवारीसाधन, घरायसी सामग्री, होटल, रेस्टुरेन्ट, यातायात, हवाई सेवा, पर्यटनदेखि मनोरञ्जनसम्मका क्षेत्रमा एकैपटक कारोबार बढ्छ । तिहारमा फलफुल, विभिन्न परिकारजन्य मिठाइ, भाइमसला, झिलिमिली बत्तीहरू, फूल र खसीबोकाको व्यापार बढी हुन्छन् । झिलीमिलीले शहरबजार पूरै उज्यालो हुन्छ । त्यसरी शहरबजार नै उज्यालो हुने गरी खर्च गर्न नेपालीहरू यी चार्डमा कत्ति पनि डराउँदैनन् । त्यसैले दशैँ-तिहारलाई नेपाली अर्थतन्त्र गतिशील बनाउने पर्वभन्दा फरक पर्दैन । नेपालीहरूको वर्षभरको खर्चमध्ये ठूलो हिस्सा दशैँ-तिहारमा केन्द्रित हुने गरेको देखिन्छ । अन्य समयमा नेपालीहरू आवश्यकता हेरेर खर्च गर्ने भए पनि दशैँको बेला नयाँ कपडादेखि घरायसी सामग्रीसम्म खरिद गर्ने चलन छ । यही कारण दशैँअघि बजारमा माग बढ्छ र त्यसको प्रत्यक्ष प्रभाव व्यापार, ढुवानी, यातायात, बैंकिङ तथा सेवा क्षेत्रमा पर्छ । दशैँ-तिहारमा हुने खर्चको अर्को महत्त्वपूर्ण पक्ष भनेको यो खर्च केवल एउटा क्षेत्रमा सीमित हुँदैन । एउटा परिवारले कपडा किन्दा कपडा व्यवसायीको कारोबार बढ्छ । त्यसपछि सामान ढुवानी गर्ने यातायात व्यवसायी, गोदाम, थोक व्यापारी र खुद्रा व्यापारीसम्म त्यसको प्रभाव पुग्छ । होटलमा मानिसको आवागमन बढ्दा खाद्यान्न, श्रम, यातायात र पर्यटनसँग जोडिएका व्यवसायमा पनि माग बढ्छ । यसरी हेर्दा दशैँ–तिहारको उपभोक्ता खर्चले अर्थतन्त्रका धेरै तहमा कारोबारको शृंखला सिर्जना गर्छ । अझ पछिल्लो समय दशैँ-तिहारको उपभोगको स्वरूप पनि बदलिएको छ । पहिले कपडा, खाद्यान्न र घरायसी सामानमा सीमित हुने खर्च अहिले मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङमेसिन, मोटरसाइकल, विद्युतीय सवारीसाधनदेखि विभिन्न डिजिटल सेवासम्म फैलिएको छ । अनलाइन कारोबार र डिजिटल भुक्तानीको विस्तारले पनि पर्वको समयमा हुने कारोबारलाई थप सहज बनाएको छ । रेमिट्यान्सले धानेको दशैँ-तिहारनेपाली अर्थतन्त्रमा दशैँ–तिहारको चहलपहल बढ्नुको अर्को महत्त्वपूर्ण आधार रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब ६३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको हो । यही वर्ष अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । अझ दशैँ–तिहार जस्ता चाडपर्व भएका महिनाहरूमा झन् बढी रेमिटयान्स भित्रने गरेको छ । गत महिना भदौमा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रेमिटयान्स भित्रिएको छ, जुन साउन महिनाभन्दा ६ अर्ब बढी हो । चालु आर्थिक बर्ष २०८३/८४ को साउन र भदौमा गरेर कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिटयान्स भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो । यसरी रेमिट्यान्स नेपाली अर्थतन्त्रको प्रमुख स्रोत बनिरहेको छ । यो रकम केवल विदेशी मुद्रा सञ्चिति बढाउने स्रोतमात्र होइन । यसको ठूलो हिस्सा घरपरिवारको दैनिक उपभोग, शिक्षा, स्वास्थ्य, घर निर्माण, ऋण भुक्तानी र पर्व-त्योहारका खर्चमा प्रयोग हुन्छ । दशैँ-तिहारमा विदेशमा रहेका नेपालीले घर पठाउने पैसा बढ्नु र नेपालमा त्यसको उपभोगमा परिणत हुनु स्वाभाविक हो । त्यसैले रेमिट्यान्स र दशैँ-तिहारबीचको सम्बन्ध केवल भावनात्मक होइन, आर्थिक पनि हो । उपभोक्ता माग र आयातमा वृद्धिदशैँ–तिहारले नेपाली बजारमा माग बढाउँछ तर नेपालको बजार संरचना यस्तो छ कि बढेको मागको ठूलो हिस्सा आयातित वस्तुले पूरा गर्छ । यो नै आजको पिरलोको विषय हो । नेपालको मौलिक परम्पराहरू नेपाली उत्पादनकै आत्मनिर्भरतामा मनाउन सकिने थियो भने त्योभन्दा मज्जा अरू हुने थिएन । चाडबाडमा अत्याधिक माग सिर्जना हुने र त्यसको लाभ भारत, चीन तथा तेस्रो देशहरूले लिने अवस्थाले नेपाली अर्थतन्त्रमा रेमिटयान्स जताबाट आएको हो त्यतै जाने अवस्था कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ । त्यही अवधिमा वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब पुगेको छ । फलत व्यापार घाटा १७ खर्ब ८१ अर्बभन्दा माथि पुगेको छ । यसको अर्थ दशैँ-तिहारमा बजार चलायमान हुनु सकारात्मक कुरा भए पनि त्यसबाट सिर्जित मागको ठूलो हिस्सा स्वदेशी उत्पादनमा नअडिएर आयातमा निर्भर हुनसक्छ । दशैँमा नयाँ कपडा किनिन्छ । तीमध्ये ठूलो हिस्सा विदेशबाट आउँछ । मोबाइल, इलेक्ट्रोनिक्स, सवारीसाधनका पार्टपुर्जा, कस्मेटिक्स, विभिन्न घरायसी सामग्रीदेखि उपभोग्य वस्तुसम्म आयातमा निर्भर छन् । त्यसैले दशैँको बजार बढ्दा व्यापारीको कारोबार बढ्छ, उपभोक्ताले वस्तु पाउँछन् र राजस्व बढ्छ तर त्यही समयमा ठूलो रकम विदेशतर्फ जान्छ । यही कारण दशैँ-तिहारलाई केवल ‘खर्च गर्ने पर्व’का रूपमा होइन, स्वदेशी उत्पादन बढाउने अवसरका रूपमा हेर्नुपर्ने आवश्यकता छ । बैंकिङ प्रणालीमा दशैँ-तिहारको प्रभावदशैँ-तिहारमा बैंकिङ प्रणालीमा नगद प्रवाहको माग बढ्छ । कर्मचारीले तलब, बोनस तथा दशैँ खर्च पाउने समय यही हो । शेयरधनीलाई लाभांश वितरण गर्ने समय यही हो । विदेशबाट आएको रेमिट्यान्स बैंक तथा डिजिटल माध्यमबाट घरपरिवारसम्म पुग्छ । त्यसपछि त्यही रकम बजारमा खर्च हुन्छ । बैंकमा आएको पैसा बजारमा जान्छ, व्यापारीकोमा पुग्छ, त्यहाँबाट थोक व्यापारी, उत्पादक, यातायात व्यवसायी र सेवा प्रदायकसम्म पुग्छ । अन्ततः त्यो पैसा फेरि बैंकिङ प्रणालीमै फर्कन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन करिब ८२ खर्ब ७६ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा करिब ५८ खर्ब ५७ अर्ब पुगेको थियो । यसले बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध देखाउँछ । पर्वको समयमा हुने अतिरिक्त कारोबारले नगद तथा डिजिटल भुक्तानी दुवैको गतिविधि बढाउने भएकाले बैंक तथा वित्तीय संस्थाका लागि महत्वपूर्ण समय हो । दशैँ-तिहारले अर्थतन्त्रलाई कति चलाएमान बनाउँछ ? त्यसको ठ्याक्कै प्रतिशत निकाल्ने आधिकारिक तथ्यांक त उपलब्ध छैन । ‘दशैँमा वर्षभरिको ६० प्रतिशत खर्च हुन्छ’ भन्ने जस्ता अनुमान बजारमा सुनिने गर्छन् । तर, उपलब्ध तथ्यांकले दशैँ–तिहारको आर्थिक महत्त्व बुझ्न पर्याप्त आधार दिन्छ । यातायातदेखि पर्यटनसम्म चलायमानदशैँ–तिहारमा अर्थतन्त्र चलायमान बनाउने अर्को ठूलो क्षेत्र यातायात हो । दशैँमा १५ देखि २० लाख मानिस काठमाडौं उपत्यकाबाट गाउँ फर्किन्छन् । काठमाडौ जस्तै अरू ठूला शहरहरूबाट मानिस गाउँ फर्कन्छन् । त्यसपछि तिहार सकिएसँगै उनीहरू पुनः आफ्नो काम तथा व्यवसायमा फर्कन्छन् । यसले सार्वजनिक यातायात, हवाई सेवा, होटल तथा रेस्टुरेन्ट र अन्य सेवा व्यवसायमा ठूलो माग सिर्जना गर्छ । दशैँको समयमा सार्वजनिक यातायातमा टिकटको माग बढ्नु, हवाई टिकटको बुकिङ बढ्नु र होटल तथा पर्यटन व्यवसायमा चहलपहल बढ्नु प्रत्यक्ष उदाहरण हो । तर, दशैँ-तिहारको समयमा यातायात क्षेत्रमा देखिने अर्को समस्या भनेको भाडा, टिकट र सेवाको गुणस्तर हो । हरेक वर्ष दशैँ नजिकिँदा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्छ । त्यसको फाइदा उठाउँदै तोकिएको भन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने तथा यात्रुलाई दुःख दिने गुनासा पनि सुनिन्छन् । दशैँमा घरजान पाउनु नागरिकको अधिकारजस्तै हो । त्यसैले सरकारले दशैँको समयमा यातायातलाई केवल बजारको माग र आपूर्तिको विषय मानेर छाड्नु हुँदैन । नियमन र अनुगमन प्रभावकारी हुनुपर्छ । सुस्ताएको अर्थतन्त्रलाई चाडबाडको राहतदशैँ–तिहारले अर्थतन्त्रलाई कति चलाएमान बनाउँछ ? त्यसको ठ्याक्कै प्रतिशत निकाल्ने आधिकारिक तथ्यांक त उपलब्ध छैन । ‘दशैँमा वर्षभरिको ६० प्रतिशत खर्च हुन्छ’ जस्ता अनुमान बजारमा सुनिने गर्छन् । तर, उपलब्ध तथ्यांकले दशैँ–तिहारको आर्थिक महत्त्व बुझ्न पर्याप्त आधार दिन्छ । नेपालको निजी उपभोग नै अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा हो । जुन करिब ५४ खर्ब ३८ अर्ब पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । अर्कोतर्फ, आर्थिक वर्ष २०८२/०८३ मा रेमिट्यान्स् आप्रवाह २३ खर्ब ६३ अर्ब पुगेको छ । आयात २० खर्ब ९६ अर्बभन्दा बढी छ । यी तथ्यांकलाई सँगै राखेर हेर्दा दशैँ-तिहार किन अर्थतन्त्रका लागि महत्त्वपूर्ण छन् भन्ने बुझ्न सकिन्छ । पर्वले नयाँ आर्थिक गतिविधि सिर्जना गर्नेभन्दा पनि वर्षभर हुने उपभोगलाई छोटो अवधिमा तीव्र बनाउने काम गर्छ । यस अवधिमा परिवारको खर्च बढ्छ । व्यापारीको कारोबार बढ्छ । यातायात, होटल तथा रेस्टुरेन्ट चल्छन् । बैंकिङ कारोबार बढ्छ । डिजिटल भुक्तानी बढ्छ । रेमिट्यान्सको पैसा बजारमा आउँछ । सरकारको भन्सार तथा मूल्यअभिवृद्धि करलगायत राजस्वमा प्रभाव पर्छ । तर अर्को पाटो छ, माग बढेसँगै आयात बढ्यो भने ठूलो हिस्सा नेपाली अर्थतन्त्रभित्र उत्पादन र रोजगारी सिर्जना नगरी बाहिर जानसक्छ । त्यसैले दशैँ-तिहारंले अर्थतन्त्र चलायमान बनाउँछ भन्ने कुरा सत्य हो । तर कस्तो अर्थतन्त्र चलायमान बनाउँछ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हो । यदि दशैँ-तिहारको माग स्वदेशी उत्पादनले पूरा गर्न थाल्यो भने त्यसको प्रभाव किसानदेखि उद्योगी, व्यापारीदेखि श्रमिकसम्म पुग्छ । रोजगारी सिर्जना हुन्छ । उत्पादन बढ्छ । आयात प्रतिस्थापन हुन्छ । राजस्व बढ्छ तर दशैँको माग मुख्यतः आयातित वस्तुले पूरा गरिरह्यो भने बजार त चल्छ तर त्यसको ठूलो लाभ विदेशी उत्पादन प्रणालीले पाउँछ । त्यसतर्फ सरकारको विशेष चिन्ता हुनु अत्यावश्यक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलरको भाउ गिरावट हुँदा अन्य मुद्राको भाउ कति ?
Latest NewsJust now

अमेरिकी डलरको भाउ गिरावट हुँदा अन्य मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ ...

केन्द्रबिन्दु
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
Latest NewsJust now

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका हुन् । पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको ...

कर्पोरट खबर
झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक
Latest NewsJust now

झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक

तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play