Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो । “हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि)देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,” चलचित्र पाँच पाण्डवको निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ । निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र चलचित्र ‘पाँच पाण्डव’ले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि प्रस्ट पारेको छ । “हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो चलचित्रप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र मायाको अपेक्षा राख्दछौँ ।” चलचित्रको बुकिङ बुधबारबाट नै खुलिसकेको छ । भोलिबाट प्रदर्शनमा आउने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुली सम्पादन तथा रङ्ग सम्पादन, सम्राट बस्नेत द्वन्द्व निर्देशन, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् । चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेथानचोककाे खानी सञ्चालनमा रोक
Latest NewsJust now

बेथानचोककाे खानी सञ्चालनमा रोक

काभ्रे । बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको ...

केन्द्रबिन्दु
गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन
Latest NewsJust now

गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश... ...

रातोपाटी
‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]
Latest NewsJust now

‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू बलियो नैतिक धरातलमा उभिएको कारण कुनै डर नभएको स्पष्ट पारेका छन् । विचौलिया इनम सापकोटाको भनिएको बयानको भिडियोमा गगन थापाको नाम समेत जोडिएको भन्दै सरकारले अनुसन्धानका लागि धरपकड गर्ने चर्चा चलिरहेको छ । यसैबिच त्यसबारे आफ्नो प्रतिक्रिया दिँदै सभापति थापाले आफू यसअघि पनि बलियो सत्तासँग लड्दै आएको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play