काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात नियमित भएको छ। सोमबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो १ः३० बजेदेखि सञ्चालनमा आएको हो। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार मुग्लिन र धादिङ दुवैतर्फबाट डोजर, लोडर, एक्साभेटर र जेसीबी परिचालन गरी पहिरो पन्छाइएको हो। दिउँसो १ः२५ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो। यसअघि आइतबार पनि उक्त स्थानमा सुक्खा पहिरो खस्दा केही समय सडक अवरुद्ध भएको थियो। सोमबार राति १ बजे पुनः पहिरो खसेपछि सडक आवागमन प्रभावित बनेको थियो। पहिरो खसेको स्थान मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौं पूर्वतर्फ पर्छ। सडक सञ्चालनमा आएसँगै जाममा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






