Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गर्नुभएको हो । करिब एक लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गर्नुभयो । काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उहाँको भनाइ छ । उहाँले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौंको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताउनुभयो । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आमनागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । सम्भवतः यो वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न कार्यालय भवन हो । करिब एक लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिब तीन अर्ब रुपैयाँ लागत लाग्नेछ । मलाई लाग्छ, यो कमर्सियल बैंकको पूर्वाधारका हिसाबले एउटा साधनसम्पन्न भवन हुनेछ । काठमाडौंको एकदमै प्राइम एरियामा, उत्तरढोकामा यो भवन अवस्थित छ । यो भवन निर्माण सम्पन्न भएपछि एउटा आइकनिक भवनका रूपमा पनि स्थापित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताउँदै अब आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण थालिएको जानकारी दिनुभयो । हाल बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न सकिनेछ । रेग्मीका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक बनाइनेछ । नयाँ भवनले बैंकका केन्द्रीयस्तरका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ । बैंकले ग्राहकको विश्वास र सहयोगलाई आफ्नो सफलताको आधारका रूपमा लिँदै आगामी दिनमा पनि आधुनिक पूर्वाधार तथा गुणस्तरीय बैंकिङ सेवा विस्तारमा जोड दिने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति त्रिवि शिक्षण अस्पतालमै पुगेर डा केसीसँग सहमति गरेका हुन्। डा. केसीको अनशन तोडिएपछि मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको दाबी ...

केन्द्रबिन्दु
डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन
Latest NewsJust now

डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री... ...

रातोपाटी
अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट
Latest NewsJust now

अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  हिजो पनि यी सबै मुदाको भाउ घटेको थियो।   आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play