Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित
Photo / Coverage: केन्द्रबिन्दु

लस एन्जलस । विश्व चलचित्र जगत्को सबैभन्दा प्रतिष्ठित मानिने ‘एकेडेमी अवार्ड्स’ (ओस्कर) को प्रतिस्पर्धामा आठ पटकसम्म मनोनयनमा परेर पनि रित्तो हात फर्कनुपरेकी अभिनेत्री ग्लेन क्लोजका लागि अन्ततः त्यो क्षण आइपुग्यो, जसको प्रतीक्षा उनले वर्षौंदेखि गरिरहेकी थिइन् । आइतबार साँझ लस एन्जलसस्थित ‘रे डल्बी बलरुम’ मा आयोजित १८ औं वार्षिक ‘गभर्नर्स अवार्ड्स’ को भव्य समारोहमा ७९ वर्षीया क्लोजलाई जब जोन माल्कोभिचले ‘अनरेरी ओस्कर’ (मानार्थ ओस्कर) हस्तान्तरण गरे, उनले ट्रफी समात्नुअघि केही बेर दोधारमा परिन्, लामो सास फेरिन् । अनि केही क्षण अकमक्क भएर ओस्कर ट्रफी नियालिन् । उनको अनुहारमा खुसी र भावुकताको मिश्रित भाव प्रष्ट छचल्किन्थ्यो । ‘एक आउटसाइडरका रूपमा मैले कहिल्यै ओस्कर जितौंला वा गुमाउँला भनेर चिन्ता गरिनँ,’ सभागृहमा उपस्थित पाहुनाहरूको लामो र गडगडाहट तालीपछि क्लोजले भनिन्, ‘केही वर्षहरूमा मैले जित्ने सम्भावना देखेकी त थिएँ, तर मेरो लागि सधैं ठूलो सम्मान भनेकै यो क्षेत्र र यो माहोलमा रहन पाउनुमा थियो । आज जसका कामले मलाई निरन्तर प्रेरणा र चुनौती दिए, तिनकै बीचमा सम्मानित हुन पाउनु मेरो जीवनकै सबैभन्दा ठूलो गौरवको क्षण हो ।’ कुनै पनि प्रतिस्पर्धात्मक ओस्कर नजिती सबैभन्दा बढी (आठ पटक) मनोनयनमा पर्ने रेकर्ड (पिटर ओटुलसँगै) क्लोजको नाममा छ । तर, आइतबारको रात भने उनको त्यो लामो अन्तरालको औपचारिक अन्त्य बनेको थियो । गभर्नर्स अवार्ड्समा क्लोजका अलावा हलिउडका हस्ती निर्देशक रिड्ले स्कट र डिज्नीका एनिमेटर फ्लोयड नोर्मानलाई पनि मानार्थ ओस्कर प्रदान गरियो । त्यस्तै, न्यूयोर्कलाई केन्द्र बनाएर ‘इन्डिपेन्डेन्ट सिनेमा’ लाई नयाँ उचाइ दिने निर्माताद्वय क्रिस्टिन भाचोन र पामेला कोफ्लरलाई संयुक्त रूपमा प्रतिष्ठित ‘इर्भिङ जी. थलबर्ग मेमोरियल अवार्ड’ बाट सम्मानित गरियो । ८८ वर्षीय दिग्गज निर्देशक रिड्ले स्कट अघिल्लो साताको ‘सामान्य शल्यक्रिया’का कारण समारोहमा स्वयं उपस्थित हुन सकेनन् । तर, उनले भिडियो सन्देशमार्फत आफ्नो मन्तव्य व्यक्त गरे । ‘देलमा एन्ड लुइस’, ‘ग्ल्याडियटर’ र ‘ब्ल्याक हक डाउन’ जस्ता सर्वकालिन उत्कृष्ट फिल्मका निर्देशक स्कटले उक्त सन्देशमा आफ्ना दिवंगत भाइ टोनी स्कटलाई सम्झिँदै भने, ‘म यो सम्मान मेरा भाइ टोनीका लागि पनि स्वीकार गर्दैछु, जसले पक्कै पनि यो मान्यता पाउनुपर्थ्यो ।’ समारोहका प्रस्तोता तथा अभिनेता म्याट डेमनले स्कटसँगको काम गर्दाको स्मरण सेयर गरे । ‘द मार्टियन’ फिल्मको प्रस्ताव आउँदा ‘इन्टरस्टेलर’ पछि पुनः उस्तै भूमिका दोहोर्‍याउन नचाहेको प्रसंग निकाल्दै डेमनले भने, ‘रिड्लेले मेरो कुरा सुनिसकेपछि पाँच शब्दमा ‘नो वन गिभ्स अ स— भने । उनको त्यो स्पष्ट र सोझो भनाइले मेरो जीवन नै बदलियो । त्यो एक सिद्ध हस्त निर्देशकको व्यावहारिक ज्ञान थियो— धेरै नसोच, सोझै भीरबाट छलाङ मार ।’ त्यस्तै, ९१ वर्षीय एनिमेटर फ्लोएड नोर्मानले सन् १९५६ मा डिज्नी स्टुडियोमा प्रवेश गर्दाको अनुभव सुनाए । डिज्नीका ‘स्लिपिङ ब्युटी’, ‘द जंगल बुक’ र पिक्सारका ‘टोय स्टोरी २’ जस्ता चर्चित फिल्ममा काम गरिसकेका नोर्मान स्टुडियोका पहिलो अफ्रिकन–अमेरिकन एनिमेटर हुन् । ओस्कर ट्रफी थाप्दै उनले भने, ‘म डिज्नीको ढोकाबाट भित्र छिर्दा वन्डरल्यान्डमा प्रवेश गरेकी एलिसजस्तै थिएँ । आफ्ना अग्रजहरू र मेरा सबैभन्दा ठूला गुरु वाल्ट डिज्नीप्रति म सधैं ऋणी रहनेछु ।’ सन् २००९ देखि एकेडेमी अवार्ड्सको मुख्य टेलिभिजन प्रसारणबाट अलग गरी आयोजना गर्न थालिएको गभर्नर्स अवार्ड्समा विजेता र प्रस्तोताहरूले समयको सीमाबिना खुला रूपमा आफ्ना धारणा राख्ने गर्छन् । यो कार्यक्रम केवल मानार्थ सम्मानमा मात्र सीमित रहँदैन । यसलाई आगामी वर्षको ओस्कर दौडको पहिलो ‘अनौपचारिक अभियान’ (क्याम्पेन) का रूपमा पनि हेरिन्छ । समारोहमा टम क्रुज, टिमोथी सालामे, काइली जेनर, जुलियन मुर र नथान फिल्डर जस्ता हलिउडका चर्चित कलाकार तथा निर्देशकहरूको बाक्लो उपस्थिति थियो । फिल्म ‘ड्युन’ को तेस्रो भागको तयारीमा रहेका सालामे र एलिजाबेथ होम्सको डकुमेन्ट्री फिल्म ‘यु क्यान सी एभ्रिथिङ’ का निर्देशक फिल्डर कार्यक्रमका मुख्य आकर्षण बनेका थिए । व्यावसायिक लाभभन्दा माथि उठेर एलजीबीटीक्यु (पारालैंगिक) र स्वतन्त्र आवाजहरूलाई फिल्ममार्फत प्रस्तुत गर्दै आएका निर्माताद्वय भाचोन र कोफ्लरलाई बधाई दिंदै अभिनेत्री जुलियन मुरले भनिन्, ‘उनीहरू व्यापारबाट कहिल्यै निर्देशित भएनन्, उनीहरू त केवल मौलिक र नयाँ आवाजहरूको खोजीमा रहे ।’ प्रतिस्पर्धात्मक ओस्करको मुख्य समारोहअघि आयोजना हुने यो गभर्नर्स अवार्ड्सले यस पटक वर्षौंदेखि ओस्करबाट ओझेलमा परेका तर चलचित्र जगत्मा अतुलनीय योगदान दिएका स्रष्टालाई भव्य रूपमा सम्मान गर्दै कलाको सच्चा उत्सव मनाएको छ । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव
Latest NewsJust now

मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव

शरीरमा आइरन (फलाम) को कमी हुन नदिन मासु नै खानुपर्छ भन्ने छैन । वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यस्ता खानेकुरामा रहेको आइरन शरीरले कति मात्रामा... ...

रातोपाटी
निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै
Latest NewsJust now

निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै

काठमाडाैँ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौँ माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक ...

टक्सार
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
Latest NewsJust now

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

काठमाडौँ। आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ। आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ। आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ। धर्मशास्त्रअनुसार आज भगवान् विष्णुका साथै अमलाको वृक्षको पूजासँगै अन्नादि दान गर्नाले अक्षय फल प्राप्त हुन्छ। यसैगरी, अमल र पिपलको विवाह गरिदियो भने ...

नेपालन्युज
पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत
Latest NewsJust now

पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत

वासिङ्गटन डीसी । अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गरेकी छिन् । उनको जितसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६–४४ को बहुमत प्राप्त गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play