Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ग्रामीण बस्ती र मझौला शहरमा नेपथ्यको सांगीतिक यात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्रामीण बस्ती र मझौला शहरमा नेपथ्यको सांगीतिक यात्रा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भारतको सिक्किम र नेपालको पूर्वी भेगको सांगीतिक यात्रा सकेर फर्किएको लोकप्रिय लोकरक ब्याण्ड नेपथ्यले पुनः नेपाल यात्राको तयारी गरेको छ । यसपटक ब्याण्डले ठूला सहरभन्दा ग्रामीण बस्ती र मझौला सहरलाई आफ्नो सांगीतिक गन्तव्य बनाउने भएको छ । नेपालयले जारी गरेको प्रेस नोट अनुसार नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा सांगीतिक प्रस्तुति दिनेछ । यात्राको पहिलो कन्सर्ट यही मंसिर ३ गते बिहीबार चितवनको पर्यटकीय बस्ती सौराहामा हुनेछ । सिसुवार मैदान (सभागृहअगाडि) मा आयोजना हुने कन्सर्टका लागि सहुलियत दरका टिकट यसअघि नै बिक्री भइसकेका छन् । अन्य टिकटसमेत सीमित संख्यामा मात्र बाँकी रहेको आयोजकले जनाएको छ । त्यसपछि ब्याण्ड मंसिर ५ गते शनिबार स्याङ्जाको पुतलीबजार पुग्नेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले आफ्ना चर्चित लोकरक गीत प्रस्तुत गर्नेछ । तेस्रो प्रस्तुति म्याग्दीको बेनीमा हुनेछ । धौलागिरि हिमालको काखमा रहेको बेनीस्थित खुलामञ्चमा मंसिर ९ गते ब्याण्डले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । यात्राको अन्तिम कन्सर्ट भने मंसिर १२ गते शनिबार तनहुँको बेलचौतारामा आयोजना हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको मैदानमा हुने उक्त कार्यक्रमसँगै नेपथ्यको यस चरणको सांगीतिक यात्रा सम्पन्न हुनेछ । देशभित्र र विदेशका ठूला सहरमा भव्य सांगीतिक कार्यक्रम गर्दै आएको नेपथ्यले साना शहर तथा ग्रामीण बस्तीमा रहेका आफ्ना दर्शकको चाहनालाई पनि प्राथमिकतामा राख्दै आएको छ । यसपटकको यात्राले पनि संगीतलाई ठूला शहरमा मात्र सीमित नराखी देशका विभिन्न भूगोल र समुदायसम्म पुर्‍याउने ब्याण्डको प्रयासलाई प्रतिबिम्बित गर्नेछ । यस यात्राका लागि तय गरिएका चार गन्तव्यमध्ये म्याग्दीको बेनीमा नेपथ्य यसअघि पनि पुगिसकेको छ । सौराहा, पुतलीबजार र बेलचौतारामा भने ब्याण्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play