Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
Photo / Coverage: केन्द्रबिन्दु

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् । बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । “अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?” आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले सुनाइन् । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ । सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताए । “ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भने, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?” सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ । दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए। दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिए। दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ । प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । आपूर्ति सहज भएको हो भने ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्यासको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री साह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री साह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता हुँदै

प्रधानमन्त्री वालेन्द्र साहसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्दैछन् ...

हाम्राकुरा
सिक्का खरिद गर्न बिहानैदेखि ग्राहकहरूको लाइन (तस्बिरहरु)
Latest NewsJust now

सिक्का खरिद गर्न बिहानैदेखि ग्राहकहरूको लाइन (तस्बिरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी... ...

रातोपाटी
अपराध नियन्त्रणका लागि मुस्ताङमा लामो दूरीको गस्ती
Latest NewsJust now

अपराध नियन्त्रणका लागि मुस्ताङमा लामो दूरीको गस्ती

मुस्ताङ समाचारदातामुस्ताङ (मुक्तिनाथ), कात्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा शान्ति सुरक्षाको अवस्था बुझ्न लामो दूरीको गस्ती सुरु गर... ...

गोरखापत्र
भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट
Latest NewsJust now

भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट

नयाँदिल्ली । बलिउडको बहुप्रतीक्षित मेगा बजेट चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्देशक नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको चलचित्रले भव्य दृश्य र अत्याधुनिक दृश्य प्रभाव (भीएफएक्स)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play