Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

गौमाताको पूजा गरि गाई तिहार मनाइदै, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौमाताको पूजा गरि गाई तिहार मनाइदै, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
Photo / Coverage: पर्दाफास

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले गाईलाई सम्पूर्ण देवीदेवताको निवास र साक्षात् लक्ष्मीका रूपमा लिइने भएकाले विधिपूर्वक पूजा गर्ने परम्परा रहेको बताए । उनले भने, ‘अब गाईको पूजा किन गर्ने भन्दाखेरि गाईमा सम्पूर्ण देवीदेवताहरूको निवास हुन्छ । गाई जुन घरमा पालन गरिन्छ, जहाँ गाईको कृपा हुन्छ, त्यहाँ साक्षात् लक्ष्मीको रूपमा गौमाता रहेकी हुन्छिन् । तसर्थ, गाईको पूजा अर्चना विधि–विधानपूर्वक गर्नुपर्दछ ।’ उनका अनुसार गाईलाई पृथ्वी माताका रूपमा समेत लिइन्छ । मानिसको पालनपोषणमा गाईले पु¥याउने योगदानका कारण दूध, दही, घिउदेखि गोबर र पञ्चगव्यसम्म धार्मिक तथा सांस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ । ‘गाईलाई धर्ती माता पनि भनिन्छ । गुरुलाई धर्मको रूपमा लिइन्छ भने गाईलाई पृथ्वीको सहनशीलताको, सबैलाई पालनपोषण गर्ने रूपमा हामी लिन्छौँ । त्यही भएर गाईका हरेक कुराहरू प्रयोग गर्छौँ । गाईको दूध, दही, घिउ मात्रै होइन, घर लिपपोत गर्न गोबर र शुद्धताको लागि पञ्चगव्यरुपमा प्रयोग गर्छौ,’ उनले भने । ढकालले गाईको महत्त्व धार्मिक मान्यतामा मात्र सीमित नभई मानव जीवन र संस्कृतिसँग पनि जोडिएको बताए । गाईले मानिसलाई पालनपोषणमा सहयोग पु¥याउने भएकाले यसको संरक्षण र सम्मान आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘केवल हामी म खाऊँ, मै लाऊँ, सुखसयलमा मोजमस्ती गरौँ भनेर आफूमात्रै ममेत्व बन्दैनौँ । हामी हरेक एउटा चेतन पशुको पनि पूजा–अर्चना, वन्दना गर्दछौँ । हाम्रो सभ्यता हो, वेदले त्यही बताउँछ, हाम्रो धर्मले त्यही बताउँछ ।’ यस वर्ष तिथिको संयोगका कारण गाईपूजा र लक्ष्मीपूजाको दिनमा फरक परेको उपप्राध्यापक ढकालले बताए । सामान्यतया औँसीकै दिन बिहान गाईपूजा र बेलुका लक्ष्मीपूजा गर्ने चलन रहे पनि यस वर्ष तिथिअनुसार पूजा फरक दिनमा परेको उनको भनाइ छ । उनले लक्ष्मीपूजाको भोलिपल्ट सोमवती औँसी परेको उल्लेख गर्दै उक्त दिन मौन स्नान गर्दा लाखौँ गाई दान गरेसरह फल प्राप्त हुने धार्मिक मान्यता रहेको बताए । तिहारमा गाईको पूजा गर्नुले मानिस र पशुबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा संरक्षणको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
OthersJust now

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए। उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि ...

पर्दाफास
सागसब्जी छाडेर फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु, वार्षिक ८० हजारसम्म आम्दानी
OthersJust now

सागसब्जी छाडेर फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु, वार्षिक ८० हजारसम्म आम्दानी

भक्तपुरमा कुनै समय तरकारी खेती गर्दै आएकाहरु अहिले सयपत्री र मखमली फूल खेतीलाई पनि आम्दानीको राम्रो स्रोत बनाइरहेका छन्। उनीहरु घरायसी कामसँगै फूलखेतीमा व्यस्त रहँदै अर्थपार्जनमा संलग्न छन् । भक्तपुर गुण्डुकी ६३ वर्षीया सानु नगरकोटी तीमध्यकी एक हुन् । अहिले भक्तपुुरमा सानुमात्र होइन उनीजस्ता थुप्रै किसान परम्परागत रुपमा गर्दै आएको खेती प्रणालीलाई परिवर्तन गर्दै अर्थोपार्जनमा जुटेका छन् । करिब ३५ वर्षदेखि फूलखेती ...

पर्दाफास
स्याफ्रुबेसीमा आजदेखि नयाँ काठे पुल संचालनमा
OthersJust now

स्याफ्रुबेसीमा आजदेखि नयाँ काठे पुल संचालनमा

गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो । त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए । कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो । हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play