Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गोलकिपरसँग मैदानमै ठोक्किएका फुटबलर मिगेलको निधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोलकिपरसँग मैदानमै ठोक्किएका फुटबलर मिगेलको निधन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्पेनिस दोस्रो डिभिजनको खेलका क्रममा विपक्षी टोलीका गोलकिपरसँग मैदानमै ठोक्किएर घाइते भएका टेनेरिफका फरवार्ड जिसस डे मिगेलको निधन भएको छ । ३० वर्षीय डे मिगेलको निधन भएको उनको क्लबले मंगलबार पुष्टि गरेको हो । सोमबार टेनेरिफको घरेलु मैदान एस्टाडियो हेलियोडोरो रोड्रिगेज लोपेजमा टेनेरिफ र एन्डोराबीच खेल भइरहेको थियो । खेल २–२ को बराबरीमा रहेको अवस्थामा निर्धारित समयपछि थपिएको सातौँ मिनेटमा दुर्घटना भएको थियो । खेलको ५९औँ मिनेटमा मैदान प्रवेश गरेका डे मिगेलको टोली त्यसबेला २–० ले अगाडि थियो । तर खेलको अन्तिम समयमा टेनेरिफको पेनाल्टी क्षेत्रबाट क्लियर गरिएको बल मध्यभागतर्फ पुगेपछि त्यसलाई नियन्त्रणमा लिन खोज्दा उनी एन्डोराका गोलकिपर जिसस ओवोनोसँग ठोक्किएका थिए । उक्त क्रममा ओवोनोको घुँडा डे मिगेलको छातीमा लागेको थियो । घटनालगत्तै रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । मैदानमा ढलेका डे मिगेलको उपचारका लागि खेलाडीहरूले तत्कालै मेडिकल टोलीलाई बोलाएका थिए । घटनापछि खेल केही समयमै स्थगित गरिएको थियो । मैदानमा रहेका खेलाडीहरू भावुक हुँदै रोएका थिए । स्पेनिस सञ्चारमाध्यमका अनुसार अस्पताल लैजाने क्रममा एम्बुलेन्समै डे मिगेललाई हृदयाघात भएको थियो । उनलाई सान्ता क्रुजस्थित नुएस्ट्रा सेनोरा डे क्यान्डेलेरिया विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको निधनपछि क्लबले मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी पीडाले विक्षिप्त भएका छौँ । घाँटीमा गाँठो परेको छ र यो सत्य हो भन्ने विश्वास गर्न सकिरहेका छैनौँ । जिसस डे मिगेल अलामेडाको दुःखद निधनको खबर सार्वजनिक गर्नुपर्दा हामी अत्यन्त मर्माहत छौँ ।’ क्लबले थप भनेको छ, ‘सान्त्वना दिने कुनै शब्द छैन । यो असह्य पीडा कम गर्ने कुनै उपाय पनि छैन । हामी शोकसन्तप्त परिवार, उनका प्रियजन र आज यो दुःखद घटनाबाट शोकमा डुबेको टेनेरिफका सम्पूर्ण नागरिकसँगै छौँ ।’ क्लबका अनुसार डे मिगेलको परिवारले प्राप्त सहयोग र समवेदनाप्रति आभार व्यक्त गर्दै यस कठिन समयमा आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ । सन् २०१५ मा लेगानेस बीबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका म्याड्रिडमा जन्मिएका डे मिगेलले स्पेनका आठ अन्य क्लबबाट पनि खेलेका थिए । सन् २०२३–२४ को सिजनमा १६ गोल गर्दै आफ्नो टोलीलाई दोस्रो डिभिजनमा बढुवा गराउन महत्त्वपूर्ण योगदान दिएका उनले सन् २०२४ अगस्टमा कास्टेयोनबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसपछि सन् २०२५ मा तीन वर्षको सम्झौतासहित टेनेरिफमा आबद्ध भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत
Latest NewsJust now

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ। ...

कान्तिपुर
महिलाको हत्यामा संलग्न चार जना पक्राउ
Latest NewsJust now

महिलाको हत्यामा संलग्न चार जना पक्राउ

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित... ...

सिंहदरबार न्युज
तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा
Latest NewsJust now

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री भएको छ । दसैंमा १४ हजार भेडाच्याङ्... ...

गोरखापत्र
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play