Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गुन्डुमा गगन थापा र केपी ओलीबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुन्डुमा गगन थापा र केपी ओलीबीच भेटवार्ता
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटघाटमा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ । यस्तै, उनीहरुबीच समसामयिक विषय, सरकारको कार्यशैली र विकसित घटनाक्रमबारे छलफल भएको बताएको छ । मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन गत असोज २५ गते फिर्ता लिएको थियो । १०७ सदस्यीय मधेश प्रदेशमा जनता समाजवादी पार्टीका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा
OthersJust now

डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा

१८ कात्तिक, सुर्खेत । हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन गर्दै आएकोमा अब जुफाल विमानस्थलदेखि सदरमुकाम दुनै र जिल्लाका अन्य प्रवेश नाकाबाट समेत विवरण संकलनलाई व्यवस्थित बनाउन सुरु गरिएको छ… ...

अनलाइन खबर
इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग
OthersJust now

इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग

१८ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको बैठक बोलाउन माग गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्र नै लेखेर समितिको बैठक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play