Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
Photo / Coverage: केन्द्रबिन्दु

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस तथा अल्लोबाट हस्तकलाका सामग्री उत्पादन, होमस्टे सञ्चालन, कृषि पर्यटन र लघु जलविद्युत् आयोजना सञ्चालनलगायतका सम्भावना पहिचान गरेका हुन् । माछापुच्छ्रे र मर्दी हिमालको काखमा रहेको लुम्रेमा आयोजित कार्यक्रममा विद्यार्थीले गाउँमै सीप सिक्ने अवसर र उद्यम सञ्चालनका लागि आवश्यक सहयोगको मागसमेत गरेका थिए । तारेबराह आधारभूत विद्यालयकी पूर्वविद्यार्थी सुगन श्रेष्ठले सामान्य कम्प्युटर सीप सिक्न पनि पोखरा पुग्नुपर्ने र रु १२ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै गाउँमै कम्प्युटर तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिई गाउँमै सिक्ने, काम गर्ने र उद्यमी बन्ने वातावरण बनाउनुपर्ने बताए । तारेबराहसहित गौरीशङ्कर मनिलाल माध्यमिक विद्यालय, निष्पक्ष माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयका ३७ विद्यार्थी सहभागी कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गरेका थिए । विद्यार्थीले गाउँमा उत्पादन हुने कोदो, धान, चिया, अलैँची, भाँगो र महको प्याकेजिङ तथा ब्रान्डिङ गरी बजारमा पुर्‍याउन सकिने सम्भावनाबारे पनि धारणा राखेका थिए। स्थानीय संस्कृति र खानपानलाई समेटेर होमस्टे सञ्चालन तथा कृषि पर्यटन प्रवद्र्धन गर्न सकिने उनीहरूको भनाइ थियो । प्राध्यापक भिर्डेनले उद्यम सुरु गर्न ठूलो पुँजी वा विशेष अवसर आवश्यक नपर्ने बताउँदै आफ्नो समुदायका समस्या र आवश्यकता पहिचान गरेर व्यवसायको सुरुआत गर्न सकिने धारणा राख्नुभयो । सानो प्रयासबाट काम थाल्ने, असफलताबाट सिक्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने सोच उद्यमशीलताका आधार भएको उनले बताए । तारेबराह आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी गुरुङले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीमा नयाँ सोच र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताए । उनले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना गर्न सके आसपासका क्षेत्रका विद्यार्थी तथा युवा लाभान्वित हुने बताए । कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले गाउँमा अवसर छैन भन्दै बाहिरिनुभन्दा स्थानीय सम्भावना पहिचान गरी आफ्नै ठाउँमा उद्यम र रोजगारी सिर्जना गर्न सकिने सन्देश कार्यक्रमले दिएको बताए । फाउन्डेसनका केन्द्रीय सचिव कुलप्रसाद अधिकारी र कर्मही घर्ती मगरको समन्वय तथा फिरन्तेज एक्सपिडिसनका व्यवस्थापक पाउला र कुमार तामाङको स्थानीय सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेन–जी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवा
Latest NewsJust now

जेन–जी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्। शनिबार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र बीपी कोइरालाको पुर्ख्यौ... ...

नेपालखबर
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
Latest NewsJust now

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको व... ...

गोरखापत्र
जेनजी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा
Latest NewsJust now

जेनजी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन् । शनिवार पार्टीको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइएको बताए । […] ...

मकालु खबर
आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप
Latest NewsJust now

आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप

सुनसरी । डी-१९ क्लब धरान उपमहानगरपालिका-१९ को आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप-२०८३’ धरान रङ्गशालामा आज साँझ ६:०० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुँदैछ । धरानमा पहिलो पटक आयोजना हुन लागेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play