Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गाँजाको नियन्त्रित व्यावसायिक खेतीमा सर्वोच्चको अग्रसरता

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाँजाको नियन्त्रित व्यावसायिक खेतीमा सर्वोच्चको अग्रसरता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सर्वोच्च अदालतले गाँजाको नियन्त्रित व्यावसायिक खेती तथा उत्पादनका लागि कानुनी व्यवस्था गर्न परमादेश जारी गरेको छ । औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती तथा उत्पादन गर्न आवश्यक कानूनी व्यवस्था तीन महिनाभित्र बनाउन सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले नै निश्चित सर्तमा गाँजाको खेती, उत्पादन तथा प्रयोग गर्न सकिने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनका लागि सरकारले झण्डै पाँच दशकसम्म आवश्यक नियमावली र कार्यविधि बनाउन सकेको थिएन । त्यसैले ऐनले अनुमति दिएको औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित प्रणालीअन्तर्गत खेती, उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन भनेको हो । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ जेठ ४ गते अधिवक्ता सरोज अधिकारी समेतले दायर गरेको रिटमा सर्वोच्चले दिएको आदेशमा गाँजाको खेती पूर्णरूपमा खुला गर्न भने रोकेको छ । बरु ऐनले अनुमति दिएको औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित प्रणालीअन्तर्गत खेती, उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन भनेको हो । साथै, आदेशमा गैरकानुनी खेती र कारोबार रोक्न नियमन तथा निगरानी संयन्त्र बनाउन समेत आदेशमा भनिएको छ । कानुन बनाएर प्रयोग गर्न सकिने कुरामा सर्वोच्चको जोडनेपालमा लामो समयदेखि गाँजाको प्रयोगमा वैधानिकता दिन विभिन्न ढंगले बहसहरू हुँदै आएका छन् । गाँजाको प्रयोगलाई कुन हदसम्म अनुमति नदिने नदिने भन्ने बहस चलिरहेको बेलामा सर्वोच्चले कानुन बनाएर प्रयोग गर्न सकिने कुरालाई जोड दिएको हो । व्यावसायिक नियन्त्रित खेतीलाई वैधानिकता दिन सर्वोच्चले आदेश गरेको हो । रिट निवेदकहरूले गाँजालाई लागुऔषधका रूपमा मात्र नहेरी औषधीय, वैज्ञानिक र औद्योगिक उपयोगिताका दृष्टिले पनि हेर्नुपर्ने जिकिर गरेका थिए । नेपालको हावापानी र माटो गाँजा उत्पादनका लागि अनुकूल रहेको तथा यसको व्यावसायिक खेतीबाट मुलुकले आर्थिक लाभ लिनसक्ने उनीहरूको दाबी थियो । गाँजाबाट औषधि, खाद्य पदार्थ, कपडा, कागज तथा अन्य औद्योगिक सामग्री उत्पादन गर्न सकिने उल्लेख गर्दै निवेदकहरूले यसको खेती र कारोबारलाई नियमनसहित खुला गर्न माग गरेका थिए । उनीहरूले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को प्रतिबन्धात्मक व्यवस्थाअनुसार प्राकृतिक रूपमा उम्रने गाँजाबाट चरेस उत्पादन, संकलन र ओसारपसार गर्न अनुमतिपत्र दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । त्यस्तै, ऐनको दफा ५ अनुसार चिकित्सकको सिफारिसमा औषधोपचारका लागि गाँजाजन्य पदार्थ खरिद तथा सेवन गर्न सकिने व्यवस्था लागू गर्न र दफा ६ अनुसार औषधि तथा वैज्ञानिक अनुसन्धानका लागि विशेष अनुमति दिएर खेती, उत्पादन र कारोबार गर्न सकिने व्यवस्था मिलाउन माग गरिएको थियो । गाँजालाई औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्न, हेम्प उत्पादन गर्न तथा त्यसको निकासी पैठारी गर्नसमेत कानुनी व्यवस्था गर्नुपर्ने निवेदकहरूको माग थियो । यसका अतिरिक्त धार्मिक तथा मनोरञ्जनात्मक प्रयोजनका लागि गाँजाको प्रयोग खुला गर्ने र निश्चित उमेर तथा मात्राको सीमा तोकेर सेवन गर्न पाउने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए । सर्वोच्चले अन्तर्राष्ट्रिय महासन्धिको व्यवस्था र नेपालले राखेको आरक्षणसमेतको व्याख्या गर्दै गाँजाको औषधीय तथा औद्योगिक प्रयोगका लागि नियन्त्रित खेती गर्न अन्तर्राष्ट्रिय कानुनले रोक नलगाएको निष्कर्ष निकालेको छ । सर्वोच्चले विश्व स्वास्थ्य संगठनको सिफारिसपछि सन् २०२० डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघीय लागुऔषध आयोगले गाँजालाई सबैभन्दा खतरनाक लागुऔषधको सूचीबाट हटाउने निर्णय गरेको प्रसंगसमेत उल्लेख गरेको छ । त्यसबेला ५३ सदस्य मुलुकमध्ये २७ मुलुकले प्रस्तावको पक्षमा मतदान गरेका थिए । नेपालले भने विपक्षमा मतदान गरेको थियो । अदालतले अन्तर्राष्ट्रिय अभ्यासमा गाँजाको औषधीय तथा औद्योगिक उपयोगलाई नियन्त्रित रूपमा स्वीकार गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै नेपालको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशअनुसार कानुनी व्यवस्था गर्न सकिने व्याख्या गरेको छ । धार्मिक तथा मनोरञ्जनात्मक प्रयोगलाई अस्वीकाररिट निवेदकले गाँजाको धार्मिक तथा मनोरञ्जनात्मक प्रयोगलाई समेत वैधानिकता दिन माग गरे पनि सर्वोच्चले त्यसमा परमादेश जारी गर्न अस्वीकार गरेको छ । अदालतका अनुसार गाँजा धार्मिक मनोरञ्जनात्मक प्रयोग खुला गर्ने वा नगर्ने विषय सार्वजनिक स्वास्थ्य, सामाजिक मूल्य मान्यता र नीतिगत निर्णयसँग जोडिएको छ । कुनै कार्यलाई अपराधको दायराबाट हटाउने अधिकार व्यवस्थापिकाको भएकाले अदालतले कानुनले प्रतिबन्ध लगाएको कार्यलाई अपराध नमान्न आदेश दिन नमिल्ने व्याख्या गरेको छ । तर, यस विषयमा सम्बन्धित विज्ञ तथा सरोकारवालासँग बृहत् छलफल र परामर्श गरी आवश्यक देखिए कानुनी संशोधनका लागि पहल गर्न सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट
Latest NewsJust now

मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट

साहारा लिम्बूताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालन हुने छ वटा महत्वपूर्ण योजना कार्यान्वयनका लागि बोलपत्रमार्फत निर्माण व्यवसायी तथ... ...

गोरखापत्र
स्वास्थ्यका दृष्टिले चाडबाड
Latest NewsJust now

स्वास्थ्यका दृष्टिले चाडबाड

गत वर्षको दसैँमा अस्वस्थ मासु खाएकै कारण काठमाडौँस्थित बानेश्वरका विनोद बिरामी पर्नुभयो । उहाँले चाडबाडको बेला अस्पतालमै बिताउन पर्‍यो । साथै उपचारका लागि पैसा पनि खर्च गर्नु पर्‍य... ...

गोरखापत्र
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Latest NewsJust now

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि अन्य विषयमा पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १: ३० बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन ...

कर्पोरट खबर
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
Latest NewsJust now

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

• कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। • जिशनको आगमनले कर्णाली याक्सको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरिएको छ। • कर्णाली याक्सले प्रतियोगितामा प्रभावशाली सुरुवात गर्दै पहिलो दुई खेलमा जित निकालेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play