Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत

Share:WhatsAppFacebookX (Twitter)Telegram
गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत
Photo / Coverage: टेक्नोलोजी खबर

आर्थिक वर्ष २०८२/८३ मा जनसंख्याको आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ प्रतिशत पुगेको छ भने ब्रोडव्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत रहेको छ। यसमध्ये फिक्स्ड ब्रोडव्याण्ड सेवाको घनत्व ५३.५५ प्रतिशत, थ्रीजी को घनत्व २.५७ प्रतिशत र फोरजी को घनत्व ९२.५२ प्रतिशत गरी मोबाइल ब्रोडव्याण्डको कुल घनत्व ९५.०९ प्रतिशत पुगेको छ। यो आँकडा हालै प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। दूरसञ्चार सेवाको बजारको हिस्सालाई राजस्वको आधारमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा भ्वाइस सेवाको बजार हिस्सा ८२.१६ प्रतिशत र इन्टरनेट (नेटवर्क सेवा प्रदायक समेत) सेवा प्रदायकको बजार हिस्सा १७.८४ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा प्राप्त आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार भ्वाइस सेवाको बजार हिस्सा ७३.७९ प्रतिशत र इन्टरनेट (नेटवर्क सेवा प्रदायक समेत) सेवा प्रदायकको बजार हिस्सा २६.२१ प्रतिशत पुगेको छ। दूरसञ्चार सेवाको बजारको हिस्सालाई प्रमुख सेवा प्रदायकको राजस्व को आधारमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा भ्वाइस सेवाको राजश्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४६.८७ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ५३.१२ प्रतिशत बजार हिस्सा रहेकोमा गत आर्थिक वर्षमा प्राप्त आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार भ्वाइस सेवाको राजश्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५०.८१ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ४९.१९ प्रतिशत बजार हिस्सा रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको लागि एउटा र आधारभूत दूरसञ्चार सेवाको एउटा गरी दुई वटा नयाँ अनुमतिपत्र जारी गरेको छ। यस आर्थिक वर्षमा विभिन्न सेवाका १५ वटा (इन्टर्नेट इमेल सहित – ८, नेटवर्क सेवा – २, ग्रामीण इन्टरनेट सेवा प्रदायक- १, भिस्याट प्रयोगकर्ताको अनुमतिपत्र – २, आधारभूत दूरसञ्चार सेवा- १ र ग्रामीण भिस्याट प्रयोगकर्ता- १) अनुमतिपत्र खारेज गरिएको छ भने कुल ११ वटा (नेटवर्क सेवा- १, इन्टरनेट (इमेल सहित)- ९, भिस्याट प्रयोगकर्ता – १) अनुमतिपत्र नवीकरण गरिएको छ। यस्तै दूरसञ्चार उपकरणहरूको स्तरीकरण तथा गुणस्तर व्यवस्थापन सम्बन्धमा टाइप अप्रुभलको प्रमाणपत्रहरु जारी भएको छ। प्राधिकरणबाट दूरसञ्चार सेवा संचालनको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु बमोजिम कार्य गरे/नगरेको सम्बन्धमा आर्थिक वर्ष २०८२/८३ मा २९ वटा इन्टरनेट सेवा प्रदायक, तीनवटा नेटवर्क सेवा प्रदायक र एक भिस्याट सेवा प्रयोगकर्ता गरी कूल ३३ वटा अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरु तथा उजुरीका आधारमा पाँचवटा सेवा प्रदायकहरुको अनुगमन गरी नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात वापतको भुक्तानीका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूलाई रु.४ अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ रुपैयाँ ३९ पैसा र व्याण्डविथ भुक्तानी वापत रु.४ अर्ब १४ करोड १० हजार ५७६ रुपैयाँ २६ पैसा गरी जम्मा रु. ९ अर्ब २९ लाख ६६ हजार ६ सय १० रुपैयाँ ६५ पैसा बराबरको विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवासँग सम्बन्धित गुनासोहरुमध्ये इन्टरनेट सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ३३९ रहेको छ भने भ्वाइस सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ९६ रहेको छ।उक्त गुनासोहरु सम्वन्धित सेवा प्रदायकहरुसँग समन्वय गरी तोकिएको समय सिमाभित्र समाधान गरिएको छ। ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने महामार्गमा ब्याकबोन नेटवर्क निर्माण गर्ने कार्य अन्तर्गत हालसम्म २२४८.४४ कि.मि. अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न भएको छ। यस कार्यमा आर्थिक वर्ष २०८२/८३ मा २२०.९९४ कि.मि. थप अप्टिकल फाइबर विस्तार गर्ने कार्य सम्पन्न भएको छ। The post गत आर्थिक वर्षमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ र ब्रोडब्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिनटेक विकासका लागि बैंक, प्रविधि कम्पनी र नियामकबीच सहकार्य आवश्यक : गभर्नर पौडेल
TechnologyJust now

फिनटेक विकासका लागि बैंक, प्रविधि कम्पनी र नियामकबीच सहकार्य आवश्यक : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य ...

आइसिटी समाचार
१७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्दै सामसङ
TechnologyJust now

१७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्दै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ ।प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो । त्यतिबेला कम्पनीको नाम सार्वजनिक ...

आइसिटी समाचार
अब जेमिनाईमै फाइल खोल्न र सम्पादन गर्न सकिने
TechnologyJust now

अब जेमिनाईमै फाइल खोल्न र सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा फाइल हेर्न, खोल्न र सम्पादन गर्न सकिने नयाँ सुविधा थप गरेको छ । यससँगै प्रयोगकर्ताले जेमिनाईबाट तयार पारेका वा अपलोड गरेका फाइल डाउनलोड गरेर अन्य एपमा लैजानुपर्ने झन्झट हट्ने भएको छ ।प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार नयाँ सुविधाले जेमिनाईलाई फाइल निर्माण गर्ने माध्यममा मात्र सीमित नराखी सम्पादन गर्ने उपकरणका रूपमा समेत विस्तार गरेको ...

आइसिटी समाचार
वैज्ञानिकले बनाए जीवित मानिसको झैं मांसपेशीबाट चल्ने रोबोट
TechnologyJust now

वैज्ञानिकले बनाए जीवित मानिसको झैं मांसपेशीबाट चल्ने रोबोट

स्विट्जरल्यान्डको इथ ज्युरिखका वैज्ञानिकहरूले जीवित मांसपेशी र कृत्रिम सामग्री प्रयोग गरेर चल्न, पौडिन र वस्तु समात्न सक्ने रोबोट तयार गरेका छन्। मुसाका कोषबाट प्रयोगशालामा विकास गरिएको मांसपेशीलाई कृत्रिम कंकालसँग जोडेर बनाइएको यस्तो रोबोटको चाल यसअघिका संस्करणको तुलनामा १० गुणाभन्दा बढी सुधार भएको अनुसन्धानकर्ताले बताएका छन्। विश्वविद्यालयको सफ्ट रोबोटिक्स ल्याबले विकास गरेको यो प्रविधिमा जीवित मांसपेशीलाई विशेष संरचनामार्फत कृत्रिम कंकालमा जोडिन्छ। अनुसन्धानले रोबोटको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play