Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल, भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति समेटिएको छैन। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्रारम्भिक आकलनअनुसार सार्वजनिक संरचना पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको बताए। विपद्पछिको आवश्यकता मूल्याङ्कनको विस्तृत तथा पूर्ण प्रतिवेदन आउन भने बाँकी रहेको उनले जानकारी दिए। बाढीपहिरो र डुबानजस्ता मनसुनजन्य विपद्का घटनाबाट यस वर्ष प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएका छन्। बाढीपहिरोबाट ११ सडक पुल, १५ झोलुङ्गे पुल, १९ विद्यालय भवन, ११ सरकारी भवन र २६ किलोमिटर सडकमा क्षति पुगेको छ। “सडक, पुललगायत सार्वजनिक संरचना पुनःनिर्माणमा लाग्ने खर्चको प्रारम्भिक अनुमान मात्र गरिएको छ। अन्य क्षेत्रमा पुगेको क्षतिको पुनःनिर्माण र बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि पनि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने देखिएको छ,” सचिव चिलुवालले भने। गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। असोज २५ गते बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। त्यस्तै, सोही महिनामा मनाङको हिमलुङ हिमाल आधारशिविरमा हिमपहिरो जाँदा १६ जनाको मृत्यु भएको थियो। गत भदौमा मुस्ताङको लोमान्थाङमा गएको भूकम्पले २७३ घर तथा संरचनामा क्षति पुर्‍याएको थियो। यस वर्षको मनसुनजन्य विपद्मा परी प्रदेशभर ३६ जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको सचिव चिलुवालले जानकारी दिए। बाढीपहिरोबाट ७३६ निजी घरमा क्षति पुगेको छ भने सयौँ परिवार विस्थापित भएका छन्। जलविद्युत् आयोजना, पर्यटकीय सम्पदा, सिँचाइ तथा खानेपानी पूर्वाधार, कृषि र पशुपालन क्षेत्रमा पनि क्षति पुगेको उनले बताए। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणमा प्रदेश सरकार एक्लैले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ सरकारले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःनिर्माण एउटै प्याकेजमा सुरु गर्नुपर्ने बताए। विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ छ। प्रदेशको कार्यक्षेत्रभित्र पर्ने भौतिक संरचना पुनःनिर्माणका लागि पनि सङ्घ सरकारको सहयोग चाहिने मुख्यमन्त्री पाण्डेले बताए। सङ्घ सरकारको कार्यक्षेत्रमा पर्ने क्षतिग्रस्त सडक, पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधारको तत्काल मर्मत तथा पुनःनिर्माण गर्न सङ्घ सरकारलाई अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी
Latest NewsJust now

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एडभाइजरी) जारी... ...

रातोपाटी
तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै
Latest NewsJust now

तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ । ...

कान्तिपुर
आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम
Latest NewsJust now

आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका प... ...

गोरखापत्र
एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक
Latest NewsJust now

एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका डेविड मलानले अर्धशतक बनाएका छन् । मलानले ३८ बलको क्षतिमा ५२ रन बनाएका हुन् । आजको खेलमा विजेता टोलीले फाइनल खेल खेल्ने अवसर पाउने भएकाले आजको खेललाई महत्वपूर्ण मानिएको छ । ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play