Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

गणेशमानको त्याग र आदर्शबाट काँग्रेसले पाठ सिक्नुपर्छ : प्रकाशमान सिंह

Share:WhatsAppFacebookX (Twitter)Telegram
गणेशमानको त्याग र आदर्शबाट काँग्रेसले पाठ सिक्नुपर्छ : प्रकाशमान सिंह
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ । मंगलवार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उहाँको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गर्नुभयो । उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उहाँको भनाइ छ । नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गर्नुभयो । लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सिमित नरही नागरिकको आर्थिक जीवन परिवर्तन गर्ने माध्यम बन्नुपर्ने उहाँको भनाइ छ । काँग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उहाँले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गर्नुभयो । पार्टी सभापति र केन्द्रिय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने काँग्रेसको परम्परा रहेको उल्लेख गर्दै उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रिय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताउनु भयो । उहाँले वीपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन। पार्टीको स्थापित अभ्यास र प्रक्रियाअनुसार हुनुपर्ने विशेष महाधिवेशनलाई जबर्जस्ती रूपमा व्याख्या गरेर १४ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति र केन्द्रिय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन । मैले यो विषय उठाउनुको कारण नेपाली काँग्रेसको ऐतिहासिक आदर्श र नेतृत्वको त्यागलाई स्मरण गराउनु हो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेरजस्ता अग्रज नेताहरूले सिद्धान्त, आदर्श, राष्ट्रियता र लोकतन्त्रका पक्षमा अडिग रहँदै अनेकौँ दुःख, जेलजीवन र संघर्ष व्यहोर्नुभयो । उहाँहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सिद्धान्त र राष्ट्रको हितलाई सधैँ माथि राख्नुभयो । विशेषगरी गणेशमान सिंहको त्याग नेपाली राजनीतिमा अनुपम उदाहरण हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो । यसबाट प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने महत्वपूर्ण लोकतान्त्रिक सन्देश उहाँले दिनुभएको थियो । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि पनि देशको आर्थिक तथा सामाजिक विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । उहाँको विचारमा लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक थियो। बेरोजगारी अन्त्य गर्ने, जनताको जीवनस्तर सुधार्ने र मुलुकलाई समृद्ध बनाउने उहाँको सपना आज पनि उत्तिकै सान्दर्भिक छ । त्यसैले आज राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती देखिएका बेला गणेशमान सिंहलगायत अग्रज नेताहरूले देखाउनुभएको त्याग, निष्ठा र आदर्शको बाटोमा अघि बढ्नु आवश्यक छ । नेपाली काँग्रेसले पनि आफ्नो ऐतिहासिक सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनताप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीभित्र एकता र विधिको शासन कायम गर्नुपर्छ ।’ राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती उत्पन्न भइरहेका बेला गणेशमान सिंहको राजनीतिक विचार र त्यागलाई आत्मसात गर्नु अहिलेको आवश्यकता भएको नेता सिंहको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
Latest NewsJust now

बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते

बर्दिया । बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ... ...

रातोपाटी
लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा
Latest NewsJust now

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ। पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित... ...

रातोपाटी
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’
Latest NewsJust now

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन्। उनीहरूले सोमबार हलमा पुगेर फिल्म ‘पाँच पाण्डव’ हेरेका हुन्। चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन्। हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दु धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन्। ‘पाँच पाण्डव&... ...

नेपालखबर
गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग
Latest NewsJust now

गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने तथा राज्यका संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि अस्वीकार्य भएको बताएका छन्। कँडेलले पछिल्लो समय गगन थापालाई लक्षित गरी भइरहेका गतिविधि, मिडिया ट्रायल र सामाजिक सञ्जालमा फैलाइएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play