Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । सोही व्यवस्थाअनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ । महामन्त्री पौडेलले कांग्रेसको १५औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताए । आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
OthersJust now

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनायो। जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए । सुदूरपश्चिम चौथो खेल खेलिरहदा ...

पर्दाफास
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
OthersJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए । ...

अनलाइन खबर
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा
OthersJust now

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो । स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play