Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने तथा राज्यका संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि अस्वीकार्य भएको बताएका छन्। कँडेलले पछिल्लो समय गगन थापालाई लक्षित गरी भइरहेका गतिविधि, मिडिया ट्रायल र सामाजिक सञ्जालमा फैलाइएका प्रचारबाजीप्रति गम्भीर आपत्ति जनाएका हुन्। सरकारको ध्यान सुशासन, विकास र जनताको जीवनस्तर सुधार्नुभन्दा राजनीतिक नेतृत्वलाई कमजोर बनाउने प्रचारमा केन्द्रित भएको हो कि भन्ने आशंका उनले व्यक्त गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएपछि सत्तापक्ष आत्तिएको हुन सक्ने कँडेलको दाबी छ। महाधिवेशनले पार्टीमा पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको नयाँ आधार तयार गरेको उल्लेख गर्दै उनले युवा पुस्ताको उल्लेखनीय सहभागिताले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताएका छन्। उनका अनुसार महाधिवेशनमा ७० प्रतिशतभन्दा बढी युवा प्रतिनिधिको सहभागिता थियो। डाक्टर, इन्जिनियर, प्राध्यापक, विद्यार्थी तथा उद्यमीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू नेतृत्व तहमा पुगेका छन्। महिला, दलित, जनजाति, मधेसी तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेत बढेको उनको भनाइ छ। कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा गरिरहेका टिप्पणी र प्रचारबाजीप्रति पनि असन्तुष्टि जनाएका छन्। राजनीतिक विचारको आलोचना गर्न पाइने भए पनि अप्रमाणित आरोप लगाउने, चरित्रहत्या गर्ने र सामाजिक सद्भाव बिगार्ने काम उचित नहुने उनले बताएका छन्। कांग्रेसका नेताहरूलाई साइबर ब्युरोमा बोलाउनेदेखि पार्टी सभापतिलाई लक्षित गरी सार्वजनिक रूपमा प्रचारबाजी गर्ने गतिविधिले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ छ। अनुसन्धानका नाममा राजनीतिक पूर्वाग्रह राख्ने र निष्कर्ष आउनुअघि नै कसैलाई दोषी करार गर्ने काम हुन नहुने उनले बताएका छन्। कँडेलले कांग्रेस कुनै पनि निष्पक्ष छानबिनबाट नभाग्ने स्पष्ट पार्दै आरोप लागेका विषयमा स्वतन्त्र, निष्पक्ष र पूर्वाग्रहरहित अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने तर राज्यशक्तिको आडमा कसैको राजनीतिक भविष्य समाप्त पार्ने प्रयास गर्न नहुने उनको भनाइ छ। उनले सरकारलाई सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र अफवाह फैलाउने गतिविधिमा ऊर्जा खर्चिनुभन्दा उत्पादन, रोजगारी, कृषि र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन्। विदेश पलायन भइरहेका युवालाई स्वदेशमै अवसर सिर्जना गर्न तथा किसान र उद्योगीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली विपद् र शासकीय उत्तरदायित्व
Latest NewsJust now

हिमाली विपद् र शासकीय उत्तरदायित्व

प्रकृतिले कहिलेकाहीँ यस्ता घटनाहरू घटाउँछ, जसका सामु मानवीय सामर्थ्यका सीमाहरू निर्ममतापूर्वक उजागर हुन्छन्। भाद्र १० को भोटेकोशी नदीमा आएको महाविपत्तिले साबित गर्‍यो कि प्रकृतिको ताण्डवअघि कसरी मानव र मानवजन्य विकास... ...

रातोपाटी
मधेसमा छठ पर्वको तयारी गरिँदै
Latest NewsJust now

मधेसमा छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम। दीपावली सकिएसँगै मधेस प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै... ...

रातोपाटी
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
Latest NewsJust now

नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती

काठमाडाैँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्‌मा उनको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी... ...

रातोपाटी
‘रामायण’ ले पाँचौँ दिनमा रच्यो कीर्तिमान
Latest NewsJust now

‘रामायण’ ले पाँचौँ दिनमा रच्यो कीर्तिमान

मुम्बई । रणवीर कपूर अभिनीत चलचित्र ‘रामायण पार्ट १’ ले प्रदर्शनको पाँचौँ दिन सोमबार भारतमा १०७.५० करोड भारु खुद कमाइ गर्दै अहिलेसम्मकै उच्च एकदिने रेकर्ड कायम गरेको छ। २३ हजार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play