Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

खुशी र पीडाको मिश्रणमा ‘चिरञ्जीवी भवः’को पोष्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
खुशी र पीडाको मिश्रणमा ‘चिरञ्जीवी भवः’को पोष्टर
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’का दुई पोष्टर सार्वजनिक भएका छन् । निर्माण टिमले चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई समेटेर पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा हरिवंशलाई गम्भीर र रवाफिलो पारिवारिक अभिभावकको भूमिकामा प्रस्तुत गरिएको छ । अर्को पोष्टरमा उहाँ आशीर्वादलाई आशीर्वाद दिइरहेको देखिनुभएको छ । यसबाट चलचित्रमा हरिवंश र आशीर्वाद बुबा-छोराको भूमिकामा रहेको अनुमान गरिएको छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिनुहुनेछ । सोसल ड्रामा विधाको चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ । कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपक आचार्यले चलचित्र निर्माण गर्नुभएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र पोष्ट प्रोडक्सनमा छ । चलचित्रमा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौलालगायत कलाकारको अभिनय छ । गतवर्ष ‘परान’मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएका निर्देशक आचार्यको यो दोस्रो चलचित्र हो । चलचित्र माघ १ गते (१५ जनवरी)देखि देशभरका हलमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
Latest NewsJust now

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्। १७... ...

रातोपाटी
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
Latest NewsJust now

तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका सम... ...

गोरखापत्र
यस्तो छ आजको मौसम
Latest NewsJust now

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसको कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ...

केन्द्रबिन्दु
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
Latest NewsJust now

बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ

मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play