भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले रित्तो थाल बजाउँदै विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाएर विरोध जनाएका हुन् । प्रदर्शनका क्रममा उनीहरूले सरकारविरोधी नारासहितका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । सरकारले सूचना जारी गर्दै आजदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । सरकारी निर्देशन र खाना उपलब्ध गराउन बन्द गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
खाना बन्द भएपछि रित्तो थाल बजाउँदै सुकुम्बासीको विरोध प्रदर्शन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






