Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

क्वान्टम नेटवर्किङ प्रविधि विकासका लागि बेलायतबाट तोशिबाले पायो ठेक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्वान्टम नेटवर्किङ प्रविधि विकासका लागि बेलायतबाट तोशिबाले पायो ठेक्का
Photo / Coverage: टेक्नोलोजी खबर

तोशिबा यूरोपले क्वान्टम नेटवर्क प्रविधि विकास गर्न बेलायतको अनुसन्धान तथा नवप्रवर्तन संस्था (यूकेआरआई) अन्तर्गतको इनोभेट यूकेबाट ठेक्का पाएको छ। यो परियोजनामा लामो दूरीसम्म क्वान्टम सम्पर्क स्थापित गर्ने र एकैपटक धेरै प्रयोगकर्तालाई सेवा दिन सक्ने नेटवर्क विकास गर्ने काम हुनेछ। यस प्रविधिलाई बीटी र कोल्ट टेक्नोलोजी सर्भिसेजसँगको सहकार्यमा ‘वास्तविक सञ्चालन अवस्थाहरू’ मा परीक्षण तथा प्रमाणीकरण गर्ने कम्पनीको योजना छ। यो ठेक्का इनोभेट यूकेको ‘इनेबलिङ कमर्सियल क्वान्टम नेटवर्किङ’ प्रतिस्पर्धामार्फत प्रदान गरिएको हो। यस कार्यक्रमले क्वान्टम नेटवर्कका लागि आवश्यक उपकरण र सहायक प्रणाली विकास गरिरहेका बेलायती कम्पनीहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ। यसको अन्तिम उद्देश्य क्वान्टम प्रविधिको आपूर्ति शृङ्खलामा बेलायतको स्थान बलियो बनाउनु हो। यस प्रतिस्पर्धाले बेलायतको क्वान्टम प्रविधिसम्बन्धी क्षेत्रमा कुल २ करोड पाउन्ड लगानी गर्ने जनाइएको छ। यो कार्यक्रम राष्ट्रिय क्वान्टम रणनीतिसँग पनि जोडिएको छ। उक्त रणनीतिले सन् २०३५ सम्म ठूलो स्तरमा क्वान्टम नेटवर्क सञ्चालनमा ल्याउने र भविष्यमा क्वान्टम इन्टरनेट निर्माणका लागि आधार तयार गर्ने लक्ष्य राखेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो पूर्वाधारले अन्ततः विभिन्न स्थानमा रहेका क्वान्टम कम्प्युटर र अन्य क्वान्टम प्रणालीबीच क्वान्टम सूचना आदानप्रदान गर्न सम्भव बनाउन सक्छ।” यो परियोजनाअन्तर्गत विद्यमान फाइबर पूर्वाधार प्रयोग गरेर क्वान्टम नेटवर्क विस्तार गर्न र सञ्चालन गर्न सहज तथा कम खर्चिलो बनाउने उद्देश्यले नमुना सहायक प्रणालीहरू विकास र मूल्याङ्कन गरिनेछ। टेलिकम्स डटकमका अनुसार यसका साथै नेटवर्कका स्रोतसाधनलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्ने र प्रयोगकर्ता तथा सेवा केन्द्रहरूको संख्या बढ्दै जाँदा कनेक्टिभिटी व्यवस्थापन गर्ने उपायबारे पनि अध्ययन गरिनेछ। यसबाट उपलब्ध पूर्वाधारको उपयोग बढाउने र पुँजीगत खर्च घटाउने लक्ष्य राखिएको छ। तोशिबा यूरोपका उपाध्यक्ष तथा क्वान्टम टेक्नोलोजी डिभिजनका प्रमुख एन्ड्र्यु सिल्ड्सले भने, “ठूलो स्तरमा क्वान्टम नेटवर्क निर्माण गर्न आजको डेटा सञ्चार पूर्वाधारमा सजिलै जोड्न सकिने र कम खर्चिला सहायक प्रणाली आवश्यक हुन्छन्। बेलायतका नेटवर्क सञ्चालक बीटी र कोल्ट टेक्नोलोजी सर्भिसेजसँग मिलेर हामी सहरहरूलाई जोड्ने र धेरै प्रयोगकर्ता तथा ग्राहकसम्म क्वान्टम नेटवर्किङको पहुँच विस्तार गर्ने आवश्यक प्रविधि विकास तथा परीक्षण गर्नेछौँ। यसले सन् २०३५ सम्म विश्वकै सबैभन्दा उन्नत क्वान्टम नेटवर्क ठूलो स्तरमा निर्माण गर्ने बेलायतको लक्ष्य पूरा गर्न सहयोग गर्नेछ।” ‘क्वान्टम प्रविधिमा आधारित अर्थतन्त्र’ निर्माण गर्ने बृहत् लक्ष्यहरूमध्ये विभिन्न डेटा सेन्टरमा रहेका क्वान्टम प्रोसेसरहरूलाई एकअर्कासँग जोड्नु पनि रहेको बताइएको छ। यसबाट ती प्रोसेसरहरूले संयुक्त रूपमा कम्प्युटिङसम्बन्धी काम गर्न सक्नेछन्। यसले उपलब्ध क्वान्टम कम्प्युटिङ क्षमतालाई बढाउन र नयाँ औषधि तथा सामग्रीको खोजीजस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। गत महिना तोशिबाले आफ्नो ‘क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म’ सार्वजनिक गरेको थियो। यो प्लेटफर्मले संस्थाहरूलाई आफ्ना विद्यमान नेटवर्कमा क्वान्टम प्रविधिबाट सुरक्षित रहने सुरक्षा प्रणाली जोड्न सहयोग गर्ने उद्देश्य राखेको छ। यो प्लेटफर्म नेटवर्क सञ्चालक, डेटा सेन्टर सेवा प्रदायक, निजी क्षेत्रका कम्पनी र सार्वजनिक संस्थाहरूलाई लक्षित गरी तयार पारिएको हो। यसले सुरुमा महत्त्वपूर्ण डेटा प्रवाहलाई सुरक्षित गर्न र पछि सुरक्षा प्रणाली विस्तार गर्न सहयोग गर्नेछ। यसका लागि संस्थाहरूले आफ्ना विद्यमान नेटवर्क संरचना पुनर्निर्माण गर्नुपर्ने छैन, किनकि यो प्लेटफर्म हाल सञ्चालनमा रहेका पूर्वाधारसँगै एकीकृत भएर काम गर्न सक्ने तोशिबाले त्यतिबेला जनाएको थियो। The post क्वान्टम नेटवर्किङ प्रविधि विकासका लागि बेलायतबाट तोशिबाले पायो ठेक्का appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Huawei launches LUTERRA S2 all-in-one residential Energy System with AI management
TechnologyJust now

Huawei launches LUTERRA S2 all-in-one residential Energy System with AI management

Huawei has launched the HUAWEI LUTERRA S2, an all-in-one residential energy system that combines a hybrid inverter, battery storage and AI-powered energy management in a single stackable unit. Designed for quick installation and commissioning, the system is available in single-phase configurations ranging from 3 kW to 10 kW and three-phase configurations from 5 kW to 20 kW. According to Huawei, LUTERRA S2 ...

टेक्नोलोजी खबर
एनभिडियाबाट राजीनामा दिएका जेन्सेन हुवाङको स्थानमा एप्पलका टिम कुकलाई ल्याउनुपर्ने अमेरिकी राष्ट्रपतिको सुझाव
TechnologyJust now

एनभिडियाबाट राजीनामा दिएका जेन्सेन हुवाङको स्थानमा एप्पलका टिम कुकलाई ल्याउनुपर्ने अमेरिकी राष्ट्रपतिको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सबैभन्दा नजिकका कर्पोरेट सहयोगीलाई पदबाट हटाइएको विषयमा टिप्पणी गरेका छन्। उनले एनभिडिया कर्पका सीईओ जेन्सेन हुआङको स्थानमा ठाउँमा अर्का एक व्यक्तिलाई ल्याउनुपर्ने सुझाव दिए। उनले हुवाङको कामलाई उत्कृष्ट भएको भन्दै राजीनामा दिएका उनको स्थानमा एप्पलका अध्यक्ष टिम कुकलाई ल्याउनुपर्ने बताएका छन्। “अत्यन्तै उत्कृष्ट काम गरेका एनभिडियाका सीईओ जेन्सेन हुआङले राजीनामा दिएका छन्, अब उनको ठाउँ लिन सक्ने ...

टेक्नोलोजी खबर
चिपमेकर एनभिडियाको सीईओ पदबाट जेन्सेन हुआङले दिए राजीनामा
TechnologyJust now

चिपमेकर एनभिडियाको सीईओ पदबाट जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले ३३ वर्षअघि सह-स्थापना गरेको र कृत्रिम बुद्धिमत्ताको बूमलाई सशक्त बनाउने ४ ट्रिलियन डलरको कम्पनीमा निर्माण गरेको चिपमेकरको सीईओ पदबाट राजीनामा दिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। सीएफओ कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ। “बोर्डलाई कोलेट र नेतृत्व टोलीमा पूर्ण विश्वास छ, र हामी कम्पनीको सञ्चालन, ग्राहक प्रतिबद्धता र उत्पादन रोडम्याप बिना कुनै अवरोध जारी रहने अपेक्षा गर्छौं,” ...

टेक्नोलोजी खबर
एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै
TechnologyJust now

एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै

ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्तालाई म्यासेज पढेको जानकारी नपठाई म्यासेज हेर्न सुविधा दिनेछ। यसको अर्थ म्यासेज पठाउने व्यक्तिले आफूले पठाएको म्यासेज खोलिएको जानकारी दुईवटा निलो टिकमार्फत पाउने छैनन्। एन्ड्रोइड अथोरिटी पोर्टलका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करण २.२६.४४.१२ मा यो नयाँ फिचर फेला परेको हो। अहिले यो विकासकै चरणमा रहेको छ। यो फिचर म्यासेज सूचीमा रहेको कुनै ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play