कैलाली । कैलालीको गोदावरीस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल १८ वर्षीया युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन्। उनी सोही क्याम्पसमा लेखापालका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। भट्टमाथि गत कात्तिक ११ गते दिउँसो करिब १ बजे गोदावरी नगरपालिका–२ वनखेतस्थित क्याम्पसको कार्यालय कोठाभित्रै युवतीमाथि दुर्व्यवहार गर्दै जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। पीडितले दिएको जाहेरीअनुसार सीसीटीभी जडान नभएको कार्यालय कोठामा भट्टले युवतीको संवेदनशील अंगमा समात्दै आफूले मन पराउने र बलात्कार गर्न दिनुपर्ने भन्दै दुर्व्यवहार गरेका थिए। घटनाबारे पीडितको जाहेरी परेपछि प्रहरीले भट्टलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
क्याम्पसकै कार्यालयमा युवतीमाथि दुर्व्यवहारको आरोप, लेखापाल पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






