Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Photo / Coverage: केन्द्रबिन्दु

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा सशस्त्र सुरक्षा गाडी लुट्ने प्रयास गरेका थिए। प्रहरी नजिकिएपछि उनीहरू भागेर सुपरमार्केटभित्र प्रवेश गरेका थिए र त्यहाँ रहेका करिब ३० जनालाई बन्धक बनाएका थिए। मंगलबार साँझसम्म १० जना बन्धकलाई मुक्त गरिएको प्रहरीले एएफपीलाई जनाएको छ। मुक्त हुनेमा पाँच जना ज्येष्ठ नागरिक महिला रहेका छन्। बन्धकहरूलाई मुक्त गर्न घटनास्थलमा ठूलो संख्यामा प्रहरी, नौसेना र विशेष सुरक्षा बल परिचालन गरिएको छ। राष्ट्रपति डे ला एस्प्रिएलाले घटनास्थल पुगेर उद्धार तथा सुरक्षा कारबाहीको नेतृत्व गर्ने बताइएको छ। हालै निर्वाचित दक्षिणपन्थी नेता डे ला एस्प्रिएलाले घटनामा सशस्त्र विद्रोही वा अर्धसैनिक समूहको संलग्नता नरहेको बताएका छन्। कार्टाजेना क्यारेबियन तटमा अवस्थित ऐतिहासिक बन्दरगाह सहर हो। औपनिवेशिक शैलीका पुराना भवन, समुद्री तट र पर्यटकीय गतिविधिका कारण यो सहर चर्चित छ। त्यही सहरको सुपरमार्केटमा भएको बन्धक घटनाले सुरक्षा चुनौती थपिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चार महिनामै ८ खर्ब रूपैयाँ बढीको वस्तु आयात
Latest NewsJust now

चार महिनामै ८ खर्ब रूपैयाँ बढीको वस्तु आयात

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँ बराबरको वस्तु आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशत भन्दा बढिले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ ...

टक्सार
बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने
Latest NewsJust now

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौं । स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन पाइने भएको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा त्यसको फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको हो। बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको परिपत्रमा परिचयपत्रको फोटोकपीमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement