Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक
Photo / Coverage: केन्द्रबिन्दु

मुस्ताङ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ । केहीवर्ष यता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटकहरु कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिनुभयो । सडकमार्ग हुँदै कोरला नाका आएका पर्यटकहरुको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको सशस्त्र प्रहरी निरीक्षक धितालले जानकारी दिए । भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरु उपल्लो मुस्ताङ पुग्ने गरेका छन् । हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ । नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ । यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन् । गर्मीयाममा भने कोरला नाका अवलोकन गर्ने उल्लेख्ख सङ्ख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकहरुले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो भिडियो र टिकटक आदि बनाउने गर्छन् । हिउँदयामको मौसममा कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ । कोरला नाकामा पर्यटक लक्षित करिब १०० बढी त्रिपालमुनि व्यापार गर्न बसेका स्थानीयहरु छन् । उनीहरु दैनिक आलोपालो सवारी सङ्ख्याको अनुपात मिलाएर नाकामा आएका पर्यटकहरुलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकहरुलाई निकै असहज भएको छ । कोरला नाका अवलोकन गर्न आउने पर्यटकहरुले चीनतर्फको ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन् । नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुख्खा बन्दरगाह एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा नेपालतर्फको व्यवस्थापनमा चुनौती बनेको छ । कोरला नाकामा विद्युत्, इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या देखिएको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले दुखेसो सुनाए । नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि अझै कोरलानाकामा खानेपानीको समस्या यथावत रहेको उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्‍याएपनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीहरुलाई समस्या रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
Latest NewsJust now

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

नयाँदिल्ली – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा. […] ...

काठमाण्डुपाटी
सामान्य सुधारियो नेप्से, कारोबार रकम घट्यो
Latest NewsJust now

सामान्य सुधारियो नेप्से, कारोबार रकम घट्यो

गोरखापत्र समाचारदाताकाठमाडौं, मङ्सिर ७ गते । साताको पहिलो कारोबारका दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले सुधारिएर बन्द भएको छ । अघिल्लो कारोबार दिन शुक्र... ...

गोरखापत्र
संयुक्त सैनिक अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा
Latest NewsJust now

संयुक्त सैनिक अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल र भारतबिच वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को २० औँ संस्करणमा सहभागी हुन भारतीय सैनिक टोली नेपाल आइपुगेको छ ।भारतीय... ...

गोरखापत्र
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
Latest NewsJust now

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement