Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन्। तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानाडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ। चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनुहुनेछ। ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ। सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली सङ्घ (इयु) को जोडबीच बहस हुने अपेक्षा गरिएको छ। सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २०... ...

गोरखापत्र
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड
Latest NewsJust now

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play