परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागि भएका छन् । नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सम्मेलनका क्रममा तुर्कीएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले कोप–३१ को अध्यक्षता ग्रहण गरेका छन् भने अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले सम्मेलनको ‘नेगोसिएसन’ प्रक्रियाको अध्यक्षता ग्रहण गरेका छन् । परराष्ट्रमन्त्री खनालले सम्मेलनको पूर्ण बैठकलाई केही समयपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कोप–३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

Read Complete Original Article
Published originally on पर्दाफास






