Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ हुँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्परा विश्वव्यापीरूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा बोर्डले उक्त डिजिटल अभियान सञ्चालनमा ल्याएको हो । प्रतियोगितामा उत्कृष्ट र सिर्जनात्मक रिल (छोटो भिडियो) निर्माण गर्ने एक जना विजेतालाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परा झल्किने मौलिक भिडियो तयार गर्नुपर्नेछ । भिडियोलाई अन्तर्राष्ट्रिय दर्शकले समेत बुझ्न सक्ने गरी अंग्रेजी भाषामा वा अंग्रेजी सबटाइटल अथवा भ्वाइस ओभरसहित प्रस्तुत गर्नुपर्नेछ । सहभागीहरूले तयार पारेको भिडियो आफ्ना फेसबुक वा इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गर्नुपर्ने पनि बोर्डले जनाएको छ । प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ सम्म तोकिएको छ । डिजिटल माध्यम र सामाजिक सञ्जाल अधिकतम प्रयोग गरी नेपालको विशिष्ट परम्परा अन्तर्राष्ट्रिय पर्यटन बजारमा ब्राण्डिङ गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play