Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो । कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो । कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ रु एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ रु २८ अर्ब ८४ करोड प्राप्त भएको छ । वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । रासस प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ रु दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ । यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ ।ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक रु तीन खर्ब २८ अर्ब १४ करोड बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख खर्च भएको छ । आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो । वैदेशिक ऋणको साँवा भुक्तानीमा रु १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा रु चार अर्ब ३६ करोड ७९ लाख खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लागुऔषधसहित २७ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित २७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट... ...

रातोपाटी
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
Latest NewsJust now

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

• नवलपुरको मध्य बिन्दुमा बोलेरो जिप दुर्घटना, जन्ती लिएर जाँदै गर्दा भएको हो। • दुर्घटनामा ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको र ११ जना घाइते भएका छन्। • घाइतेमध्ये ९ जनालाई स्थानीय अस्पतालमा र २ जनालाई गम्भीर अवस्थामा भरतपुर रिफर गरिएको छ। ...

नेपालबहस
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

• नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसमा अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा रहेको छ। • युरोपियन युरो, युके पाउन्ड, स्विस फ्र्याङ्क, र अन्य मुद्राको खरिद र बिक्रीदर पनि सार्वजनिक गरिएको छ। • राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकतानुसार संशोधन गर्न सकिने जानकारी दिएको छ र वाणिज्य बैंकले ...

नेपालबहस
रसुवाका तीन सय बाढी प्रभावित परिवारमा मानवीय राहत र शैक्षिक सहयोग [तस्बिरहरू]
Latest NewsJust now

रसुवाका तीन सय बाढी प्रभावित परिवारमा मानवीय राहत र शैक्षिक सहयोग [तस्बिरहरू]

विनाशकारी बाढीबाट प्रभावित परिवार, बालबालिका तथा विस्थापित समुदायका लागि अत्यावश्यक राहत तथा शैक्षिक सामग्री वितरण गरिएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement