काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डू गोर्खाजले लगातार चौथो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डूले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । काठमान्डूले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । प्रतिस्पर्धात्मक खेलमा चितवनले अन्तिम ओभरसम्म जितको सम्भावना कायम राखे पनि लक्ष्य भेट्टाउन सकेन । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमान्डूका लागि राशिद खानले आक्रामक अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५२ रन बनाउनुभयो । उहाँले ३० बलमा दुई चौका र चार छक्का प्रहार गर्नुभयो । जारी प्रतियोगितामा राशिदको यो दोस्रो अर्धशतक हो । यस जितसँगै काठमान्डूले लगातार चौथो खेलमा सफलता हात पारेको छ भने चितवनले महत्त्वपूर्ण अंक गुमाएको छ ।
काठमान्डू गोर्खाजसँग चितवन राइनोज १० रनले पराजित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






