Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

काठमान्डु गोर्खाजले टस जित्यो, पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमान्डु गोर्खाजले टस जित्यो, पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । काठमान्डु र पोखराबीचको खेलमा टस जितेपछि काठमान्डुका कप्तानले पहिले बलिङ गर्ने निर्णय गर्नुभएको हो । पोखरा एभेन्जर्सका लागि यस सिजनको यो अन्तिम खेल हो । समूह चरणको अन्तिम स्थानमा रहेको पोखरा आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यता काठमान्डु भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेलका लागि काठमान्डुले टोलीमा चार खेलाडी परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमित महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टोलाई टोलीमा समावेश गरिएको छ । यस्तै, पोखराले पनि टोलीमा तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा विपिन आचार्य, विवेक रानामगर र दिनेश खरेलले मौका पाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने
Latest NewsJust now

कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने

काठमाडौँ । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरेको भए तापनि उक्त दिन देशभरका राजस्व कार्यालयहरू खुला रहने भएका छन् । आन्तरिक राजस्व विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो... ...

रातोपाटी
हारभन्दा युवा खेलाडीको प्रदर्शन महत्त्वपूर्ण छ : सिकन्दर राजा
Latest NewsJust now

हारभन्दा युवा खेलाडीको प्रदर्शन महत्त्वपूर्ण छ : सिकन्दर राजा

काठमाडौं । कर्णाली याक्ससँग २४ रनले पराजित भएपछि चितवन राइनोजका कप्तान सिकन्दर राजाले हारभन्दा युवा खेलाडीले पाएको अवसर महत्त्वपूर्ण भएको बताएका छन् । खेलपछि आइतबार पत्रकार सम्मेलनमा बोल्दै राजाले यो खेल... ...

रातोपाटी
राष्ट्रपतिले गौरीघाटमा गरे छठको पूजा
Latest NewsJust now

राष्ट्रपतिले गौरीघाटमा गरे छठको पूजा

राष्ट्रिपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठको पूजाअर्चना गरेका छन्।  छठको पूजा गर्न राष्ट्रपति पौडेल आइतबार साझ गौरीघाठ पुगेका थिए। उनले गौरीघाठमा विधिपूर्वक छठको पूजा गरेका हुन्।  तराई–मधेशलगायत देशभर पूजाअर्चना गरी छठ पर्व मनाइँदै छ। आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ।  ...

नेपालखबर
५० प्रतिशत निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले पनि आईपीओ ल्याउन पाउने
Latest NewsJust now

५० प्रतिशत निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले पनि आईपीओ ल्याउन पाउने

काठमाडौं । अब ५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले पनि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदाअनुसार निर्माणाधीन जलविद्युत् आयोजनाले कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play