Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् । अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए । रैथाने बोटबिरुवा, प्राणी तथा चराचुरुङ्गीको संरक्षण, रैथाने बालीको उपलब्धता, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण दिगो उपाय भएको उनको भनाइ थियो । उनले संघ र प्रदेश सरकारबाट स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके दिगो नतिजा हासिल गर्न सकिने बताए । बागमती प्रदेशका मुख्यमन्त्री थापाले काठमाडौं महानगरपालिकाले सुरु गरेको अभियानले देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको अभियान विस्तार हुने अपेक्षा व्यक्त गरे । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभावका समस्या बढ्दै गएकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम थाल्नुपर्ने बताइन् । ‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नुपर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ,’ उनले भनिन् । उनले महानगरपालिका कार्यालय, वडा कार्यालय तथा विद्यालयहरूमा पनि पुनःभरण प्रणाली निर्माण गरिने जानकारी दिइन् । सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले रिचार्ज प्रणाली निर्माण गरिदिने उनको भनाइ थियो । डंगोलले यो अभियान कार्यवाहक प्रमुखको हैसियतमा मात्र नभई साझा पृथ्वीको जिम्मेवार नागरिकका रूपमा सुरु गरिएको पनि बताइन् । महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको उनले जानकारी दिए । उक्त योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ । राईका अनुसार रिचार्ज पिट निर्माणका लागि २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ । खाल्डोको तल्लो ९ फिट भागमा ढुङ्गा, त्यस माथिको ७ फिट भागमा २० देखि ४० एमएमका गिट्टी, एक फिट भागमा बालुवा राखिनेछ । त्यसपछि पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिने र अन्त्यमा कभर लगाइनेछ । महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलमा नयाँ एटिएम सञ्चालन, बाल पुस्तकालय स्थापनामा सहयोग
OthersJust now

नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलमा नयाँ एटिएम सञ्चालन, बाल पुस्तकालय स्थापनामा सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले एक कार्यक्रमबीच उक्त एटिएम टर्मिनलको उद्घाटन गरेका हुन् । कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन […] ...

लोकपथ
‘खेल पूर्वाधारमा कर्णाली सक्षम छ, देशलाई नयाँ सन्देश दिनेछ’
OthersJust now

‘खेल पूर्वाधारमा कर्णाली सक्षम छ, देशलाई नयाँ सन्देश दिनेछ’

हामीले देशलाई एउटा नयाँ चित्र देखाउने छौँ । कर्णाली कम छैन, कर्णालीले गर्न सक्छ भन्ने कुरा देखाउन चाहन्छौँ । व्यवस्थापनको सानो–सानो पक्षमा ध्यान दिइरहेका छौँ । ...

अनलाइन खबर
भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो
OthersJust now

भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी टोली तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् । ...

अनलाइन खबर
डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने
OthersJust now

डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण व्यवसायीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला औपचारिक रूपमा सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनको तयारीले थप गति लिएको छ । कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो। निर्माण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement