काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ । सो अवसरमा नाडा अध्यक्ष उप्रेतीले नाडातर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ । नाडाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघ-संस्था तथा कार्यालयलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ । उक्त सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास रहेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यद्वय दिपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो । नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं जिल्ला प्रशासनलार्ई नाडाको सहयोग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_7NaCkd5ckA.jpg)



