काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । गुगलमा देखाइएको विवरणअनुसार कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको उल्लेख छ । नेपाल, भारत र भुटानको सीमा आसपास तथा चीनको क्षेत्र नजिक भूकम्प गएको विवरणसमेत देखिएको छ । भूकम्पको आधिकारिक विवरण तथा सम्भावित क्षतिबारे भने सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ ।
काठमाडौंसम्म धक्का दिने भूकम्पको केन्द्र कहाँ ? कति थियो तीव्रता ?

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






