काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सको ब्याटिङ धराशायी बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरले ८.३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ३० रन मात्रै जोडेको छ । काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । विराटनगरका लागि शेखान जयसूर्या ८ बलमा ५ रन, लोकेश बम १० बलमा ६ रन, इमरान शेख ३ बलमा शून्य र बासिर अहमद १४ बलमा १० रन बनाएर आउट भए । नारायण जोशी र शुभम रञ्जने पनि खाता खोल्न नसकी पेभेलियन फर्किए । एन्जेलो म्याथ्युज १३ बलमा ६ रन बनाएर क्रिजमा छन् । विराटनगरले अतिरिक्त ३ रन पाएको छ । काठमाडौंका बलरमध्ये साहान आराच्चिगेले २ विकेट लिएका छन् । जहान्दाद खान, शाहब आलम, करण केसी र सन्तोष यादवले समान १–१ विकेट हात पारेका छन् ।
काठमाडौंविरुद्ध विराटनगरकाे ३० रनमै ६ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






