काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम जारी छ । पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको न्यूनतम तापक्रम बुधबार बिहान ७.४ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो । मंसिर २ गते ९.५ डिग्री रहेको तापक्रम त्यसयता क्रमशः घट्दै बुधबार ७.४ डिग्रीमा पुगेको हो । मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था जनाउँछ । अहिले देशका विभिन्न स्थानमा पनि तापक्रम घट्ने क्रम जारी रहेकाले चिसो बढ्दै गएको छ ।
काठमाडौंमा चिसो बढ्दो, न्यूनतम तापक्रम ७.४ डिग्रीमा झर्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






