काठमाडौं । नेपालका लागि क्यूजे मोटरको आधिकारिक विक्रेता ह्याम्स मोटर्सको आयोजनामा शनिबार काठमाडौंमा एक भव्य ‘क्यूजे मोटर र्याली’ सम्पन्न भएको छ । बाइक प्रेमीहरूलाई एकै ठाउँमा जोड्न र नेपाली बजारमा भर्खरै प्रवेश गरेको विश्वप्रसिद्ध ब्रान्ड क्यूजे मोटरको बारेमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो र्यालीले राजधानीका सडकमा एक विशेष रौनकता ल्याएको थियो । बिहान १० बजे टेकुस्थित क्यूजे मोटरको आधिकारिक शोरुमबाट सुरु भएको र्यालीले थापाथली, कुपण्डोल, जावलाखेल, भैँसीपाटी (भनिभन्दल), एकान्तकुना र बल्खु हुँदै कीर्तिपुरस्थित ‘के२ माइक्रो स्टप’ नजिकैको ‘टेस्ट राइड एक्टिभेसन भेन्यू’ मा पुगेर समापन गरेको थियो । र्यालीमा क्यूजे मोटरका विभिन्न मोडलका बाइकहरूको आकर्षक कन्भोय रहेको थियो, जसले सर्वसाधारण तथा स्थानीय राइडरहरूको ध्यान खिचेको थियो । र्यालीको मुख्य आकर्षण कीर्तिपुरस्थित अन्तिम गन्तव्यमा आयोजित ‘फ्री टेस्ट राइड’ कार्यक्रम थियो । त्यहाँ उपस्थित इच्छुक आगन्तुक तथा ग्राहकहरूले क्यूजे मोटरका विभिन्न मोडेलहरू जस्तै एसआरके १२५एस, एसआरके १८०एस, आरकेओ १२५पी आदिको आफैं चलाएर अनुभव लिन पाएका थिए । त्यसैगरी क्यूजे मोटर नेपालले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि ‘एसोसिएट स्पोन्सरसिप’ सम्झौता गरेकाे छ । यस सम्झौतापत्रमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र क्यूजे मोटर्सका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका थिए । यस सहकार्यले नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । क्यूजे मोटर विश्वकै अग्रणी गिली समूहअन्तर्गतको चर्चित ब्राण्ड हो । सन् १९८५ मा स्थापित यो ब्रान्डले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको स्वामित्व राख्छ र हार्ले–डेभिडसनसँगको उत्पादन साझेदारीमा पनि संलग्न छ । कम्पनीले सन् २०१२ देखि २०२३ सम्म लगातार ११ वर्ष चीनको २५० सिसी माथिको प्रिमियम मोटरसाइकल बजारमा शीर्ष स्थान ओगटेको छ भने मोटोजीपी र विश्व सुपरबाइक च्याम्पियनसिप (डब्लुएसबिके) जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत सहभागिता जनाउँदै आएको छ । नेपाली बजारमा ह्याम्स मोटर्सले हालै मात्र क्यूजे मोटरका चार मोडेल सार्वजनिक गरेको छ, जसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँदेखि ९ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ । यी मध्ये एसआरके १८०एस (१७५ सिसी, एबिएससहित) को मूल्य ४ लाख ९९ हजार ९००, एसआरके १२५एस (१२५ सिसी, लिक्विड–कुल्ड, टिएफटी डिस्प्ले) को मूल्य ३ लाख ९९ हजार ९०० र आरकेओ १२५पी (एन्टी–थेफ्ट सिस्टम र कि–लेस इग्निसन सहित) को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, प्रिमियम क्रुजरलाई लक्षित गर्दै २४९ सिसी इन्जिन भएको एसआरभी २५० एस पनि ९ लाख ७९ हजार रुपैयाँमा उपलब्ध छ ।
काठमाडौंमा ‘क्यूजे मोटर र्याली’ भव्य रूपमा सम्पन्न

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






