Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने
Photo / Coverage: पर्दाफास

काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागु गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, काठमाडौंबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिए । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्
OthersJust now

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले… ...

अनलाइन खबर
शोकलाई शक्तिमा बदल्ने बुटीमाया
OthersJust now

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ? ...

अनलाइन खबर
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
OthersJust now

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै… ...

अनलाइन खबर
आज विश्व मधुमेह दिवस
OthersJust now

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ । पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play