काठमाडाैं । अस्ट्रेलियाकी सिनेटर फातिमा पेमन यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन् । कारण हो, ६ महिनाकी छोरीलाई काखमा बोकेर संसद्मा सम्बोधन गरेको उनको दृश्य । हिजाे बसेकाे संसद्को सिनेट बैठकमा स्वतन्त्र सिनेटर पेमन छोरी आलियालाई छातीमा अँगालो हालेर संसदीय कामकारबाहीमा सहभागी भएकी थिइन् । सम्बोधनका क्रममा उनी छोरीलाई काखमा राखेरै सांसदहरूसँग संवाद गरिरहेकी थिइन् । त्यसक्रममा अर्की स्वतन्त्र सिनेटर लिडिया थर्प पनि बच्चासँग रमाइलो गर्दै देखिइन् । उनले आलियासँग ‘पिकाबु’ खेल्दै गरेको दृश्यले पनि धेरैको ध्यान खिचेको छ । पश्चिम अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने पेमन अस्ट्रेलियाली संसद्मा कार्यरत रहँदै सन्तान जन्माउने पहिलो सिनेटर हुन् । उनले यसअघि पनि मातृत्व, प्रसवपछिको स्वास्थ्य अवस्था र बच्चाको हेरचाहसँगै काममा फर्किनुपर्ने चुनौतीबारे सार्वजनिक रूपमा बोल्दै आएकी छन् । अस्ट्रेलियाको संसदीय नियमले सांसदहरूलाई बैठकमा सहभागी हुँदै आफ्ना शिशुको हेरचाह गर्न र स्तनपान गराउन अनुमति दिएको छ । यही व्यवस्थाका कारण अभिभावकले संसदीय जिम्मेवारी र शिशुको हेरचाहलाई सँगसँगै अघि बढाउन सक्छन् ।
काखमा छोरी बोकेर संसद्मा सम्बोधन, अस्ट्रेलियाली सिनेटरको दृश्य भाइरल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






