Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस सहमहामन्त्री शिवाकोटीले उजुरीकर्तासँग गरे सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्री शिवाकोटीले उजुरीकर्तासँग गरे सहमति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए । जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो । दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो । कथंकथाचित भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने भएको छ । शिवाकोटीभित्र जाँदा कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो । प्रहरीले कानून व्यवसायीलाई नभइ उजुरी मात्र परेकाले दुवै पक्षलाई सँगसँगै राखेर सहमति निकाल्ने अहम् भूमिका खेलेको थियो । शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन् । सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि त्यसबारेमासमेत लेखेका थिए । तर खड्का भने साइबर ब्युरोमा उजुरी दिन पुगेका थिए । शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए । शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् । यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए । त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए । यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन । यद्यपि चाडबाडमा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएपछि उनी सहजै गएर आफ्नो नैतिकवान नेताको भूमिका देखाउन सफल भए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु
Latest NewsJust now

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका […] ...

काठमाण्डुपाटी
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play