Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस र एमालेका नेताको आरोप : सरकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस र एमालेका नेताको आरोप : सरकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका सवालमा कमजोर देखिएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले सरकारको कार्यशैली, शासकीय क्षमता, लोकतान्त्रिक संस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउनुभएको हो । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री शिवाकोटीले सरकारको आलोचना गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले आफू विदेशमा रहेका बेला साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले बोलाएर प्रधानमन्त्री, उहाँका सल्लाहकार तथा निकट व्यक्तिहरूबारे लेखिएका सामग्री हटाउन दबाब दिएको बताउनुभयो । ‘म काठमाडौंमा नभएको अथवा नेपालमा नभएको बेलामा मलाई साइबर ब्युरोमा एउटा उजुरी हालिएको थियो । साइबर ब्युरोमा हालेको उजुरीको आधारमा प्रहरीले बोलाउँछ र प्रधानमन्त्री, उहाँका सल्लाहकार, उहाँका वरिपरिका मानिसहरूको सन्दर्भमा लेखिएको कन्टेन्ट हटाउन भन्छ,’ उहाँले भन्नुभयो । राजनीतिक रूपमा आफ्नो अडान कायम राख्दा पनि सामग्री हटाउन दबाब दिइएको उहाँको भनाइ थियो । राजनीतिक दलको पदाधिकारी तहकै व्यक्तिले यस्तो अवस्था भोग्नुपरेको भन्दै उहाँले सर्वसाधारण नागरिकले कस्तो व्यवहार सामना गर्नुपरेको होला भन्ने प्रश्न गर्नुभयो । सञ्चारमाध्यममा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनाले पनि अभिव्यक्ति स्वतन्त्रताको अवस्थामाथि प्रश्न उठाएको उहाँले बताउनुभयो । शिवाकोटीले लोकतन्त्र निर्वाचनमार्फत सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्रै सीमित नहुने उल्लेख गर्नुभयो । राज्यका निकाय, संवैधानिक अंग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढिरहेको आरोप लगाउँदै उहाँले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताउनुभयो । सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पनि समन्वयको अभाव देखिएको उहाँको टिप्पणी थियो । सञ्चारमाध्यमसँग सम्बन्धित घटनामा सरकार र पार्टीका तर्फबाट आएका धारणा एकअर्कासँग मेल नखाएको उहाँले बताउनुभयो । यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले दुई तिहाइ बहुमतको सरकार गठन भएको केही महिनामै सरकार ढल्ने चर्चाले राजनीतिक स्थायित्वमाथि प्रश्न उठाएको बताउनुभयो । सरकार गठन भएको सात–आठ महिना नबित्दै सरकार ढल्ने विषय राष्ट्रिय बहसको प्राथमिकतामा आउनु गम्भीर भएको उहाँको भनाइ थियो । सरकारको स्थायित्वमाथि उठिरहेका प्रश्नको जवाफ सत्तारूढ दल र सरकारले दिनुपर्ने उहाँले बताउनुभयो । ‘सरकार बनेको सात–आठ महिना बित्न पाएको छैन, सरकार ढल्ने चर्चा परिचर्चा किन? एउटै राजनीतिक दलको दुई तिहाइ बहुमतको सरकार भएको बेलामा आजै सरकार ढल्छ र भोलि ढल्छ भन्ने राष्ट्रिय बहसको प्राथमिक विषय बन्नुपर्ने कारण के हो?’ उहाँले प्रश्न गर्नुभयो । गैरेले वर्तमान सरकार ढलेमा त्यसको मुख्य जिम्मेवार स्वयं रास्वपा र सरकार नै हुने दाबी गर्नुभयो । कांग्रेस वा एमालेको सिट संख्याका कारण नभई सरकारको आफ्नै अयोग्यता र अक्षमताका कारण संकट उत्पन्न हुन सक्ने उहाँको भनाइ थियो । उहाँले वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति सुरक्षा र न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोपसमेत लगाउनुभयो । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, सडक यातायातको अव्यवस्था र विपद् प्रभावित नागरिकले भोगिरहेका समस्याप्रति सरकार गम्भीर हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । भोटेकोसी बाढीबाट प्रभावित नागरिकका घर तथा सम्पत्ति बगिसक्दा पनि विद्युत् महसुलको बिल आउने गरेको उल्लेख गर्दै उहाँले पीडितहरू आफ्ना समस्या समाधानका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । यसैगरी, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको प्रसंग उठाउँदै गैरेले राष्ट्रिय स्वाभिमान र सीमा विवादका विषयमा स्पष्ट धारणा राखेर मात्रै भ्रमणमा जानुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनुभएको प्रसंग उल्लेख गर्दै उहाँले उक्त अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । नेपालको भूमि र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा स्पष्ट अडान राख्नुपर्नेमा जोड दिँदै उहाँले सीमा विवाद समाधान र राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको राजधानी अन्ताल्यामा जारी कोप-३१ का क्रममा दुई देशबीच सम्झौता भएको हो।  पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविध... ...

नेपालखबर
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने
Latest NewsJust now

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । ...

कान्तिपुर
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्की – नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको सम्झौताले २ देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना […] ...

काठमाण्डुपाटी
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त
Latest NewsJust now

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play