नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। हिरासतमा रहेका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार श्रेष्ठलाई शनिबार कीर्तिपुरबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार गत महिना पक्राउ परेका इनम सापकोटासँग श्रेष्ठको सम्पर्क रहेको र उनीहरूबीच विभिन्न कारोबारमा साझेदारी देखिएको छ। सोही सम्बन्धमा अनुसन्धान गर्न श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कांग्रेस नेता महेश श्रेष्ठ पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास





