Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसका लागि ज्यान दिन पनि तयार छु : शेरबहादुर देउवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसका लागि ज्यान दिन पनि तयार छु : शेरबहादुर देउवा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ देउवाले भने, ‘जुन पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’ कांग्रेस नेपाली जनताले निर्माण गरेको पार्टी भएकाले जनताका प्रतिनिधिबाहेक अरू कसैले कब्जा गर्न नसक्ने उनले दाबी गरे । ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो,’ उनले भने, ‘जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’ पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउने विश्वास व्यक्त गरे । आफूमाथि उठेको १८ करोड रुपैयाँसम्बन्धी विषयमा अदालतले निष्पक्ष न्याय दिने उनको भनाइ थियो । ‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ,’ उनले भने, ‘अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय
Latest NewsJust now

एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न कार्यसमिति बैठकले २०८३/२०८६ का लागि नयाँ नेतृत्व चयन गर्न... ...

रातोपाटी
विश्वप्रकाशको एनजीओसँगको सम्बन्धबारे छानबिन हुनुपर्छ : जितजंग बस्नेत
Latest NewsJust now

विश्वप्रकाशको एनजीओसँगको सम्बन्धबारे छानबिन हुनुपर्छ : जितजंग बस्नेत

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्पठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गरेका छन् । शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । शर्माले आफू मन्त्रीसमेत नभएको बताएको प्रसंग […] ...

मकालु खबर
घन्टीकर : देश विकासको मूल आधार
Latest NewsJust now

घन्टीकर : देश विकासको मूल आधार

आधा दर्जन आन्दोलन भटमासझैँ पचिगए। पछिल्लो आन्दोलनको मर्म नै थियो– सरकारको पारदर्शिता। यसैले एकसूत्रीय माग राख्छु– कसैले मुखमा घन्टी, दिमागमा अन्टी नगरून्। देशमा करका नयाँ-नयाँ स्रोत खोज्ने हो भने पहिले त... ...

रातोपाटी
विराटनगरले पावरप्लेमा बनायो ३८ रन, सस्तैमा गुम्यो लोकेशको विकेट
Latest NewsJust now

विराटनगरले पावरप्लेमा बनायो ३८ रन, सस्तैमा गुम्यो लोकेशको विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पावरप्ले (पहिलो ६ ओभर) मा रन बनाएको छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play