Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

काँग्रेस केन्द्रिय समितिको बैठक शुक्रवार फेरि बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँग्रेस केन्द्रिय समितिको बैठक शुक्रवार फेरि बस्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामाथि धारणा राख्ने क्रम बिहीबार पनि जारी रहेको छ । मंगलबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीले आगामी मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीलगायतका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसको १५औँ महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई पार्टीको एजेन्डा कसरी बनाउने भन्ने विषयमा पनि विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । महाधिवेशनमा समाजको आवाजलाई कांग्रेसको आवाज बनाउने प्रतिबद्धता व्यक्त गरिएकाले सोहीअनुसार निष्कर्ष निकाल्ने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । भट्टले बैठक शुक्रबार पनि निरन्तर चल्ने जानकारी दिँदै पार्टीको आगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे बैठकले उचित निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चार–पाँचवटा एजेन्डामा बैठकको पहिलो दिनदेखि नै छलफल गर्दै आइरहेका छौँ । नेपाली कांग्रेसले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियान, सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीलगायतका विषयमा नेताहरूले धारणा राखिरहनुभएको छ । नेपाली समाजका मुद्दालाई कसरी कांग्रेसको विषय बनाउन सकिन्छ भन्नेबारे विभिन्न भूगोलबाट आउनुभएका केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गरिरहनुभएको छ ।” यसैबीच, भट्टले पार्टीभित्रका विवाद समाधानका लागि सानेपास्थित केन्द्रीय कार्यालय नै पर्याप्त ठाउँ रहेको उल्लेख गर्दै कांग्रेस फुट्नुभन्दा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन
Latest NewsJust now

शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले आज दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका... ...

रातोपाटी
टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग
Latest NewsJust now

टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । ओलाङ्चुङगोला पुगेका जिल्ला सुरक्षा अधिकारीहरूसँगको छलफलका क्रममा... ...

रातोपाटी
साइन्स एन्ड आईटी एक्जिबिसन मंसिर २३ देखि, २० हजार विद्यार्थी सहभागी हुने अपेक्षा
Latest NewsJust now

साइन्स एन्ड आईटी एक्जिबिसन मंसिर २३ देखि, २० हजार विद्यार्थी सहभागी हुने अपेक्षा

काठमाडौँ । टेक्सास एजुकेसन नेटवर्क तथा यसका एकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण मंसिर २३ देखि २५ गतेसम्म काठमाडौँको मित्रपार्कस्थित टेक्सास परिसरमा हुने भएको छ । प्रदर्शनीमा... ...

रातोपाटी
जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित
Latest NewsJust now

जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित

बर्लिन । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जर्मनीको कुल गार्हस्थ्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement