Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आजको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको मौसम ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार भोलि बिहान उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक
OthersJust now

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय मिटर लामो सडक निर्माणका लागि पटक–पटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन । निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात… ...

अनलाइन खबर
जसपालाई कांग्रेसको आश
OthersJust now

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् । ...

अनलाइन खबर
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै
OthersJust now

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ...

पर्दाफास
‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल
OthersJust now

‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल

म त्यसबेला कति वर्षको थिएँ ? लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो । उहाँले कहाँ लानुभएको ? किन ? प्रश्न सोध्ने उमेरको थिइनँ । मेरो बालसुलभ मनले सायद भन्यो, ‘आज तेरो मस्ती हुने भो । बुबाले तँलाई घुमाउन लानुभयो ।’ म मख्ख थिएँ, बुबासँग घरबाहिर निस्कन पाएकोमा । मलाई बुबाले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement