Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखी लगानी प्रवद्र्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उनले कर प्रणालीको सफलता राजस्व संकलनको परिमाणले मात्र नभई करदाताले अनुभूति गर्ने सहजता, पारदर्शिता र राज्यप्रतिको विश्वासले निर्धारण गर्ने बताए । निजी क्षेत्र बलियो नभई सरकारको राजस्व आधार दिगो हुन नसक्ने उल्लेख गर्दै उनले उद्योग, व्यापार, लगानी र रोजगारी विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कोभिड–१९ पछिको आर्थिक मन्दी र सुस्तताका कारण निजी क्षेत्रले बजार मागमा कमी, उद्योगको न्यून क्षमता उपयोग, उच्च उत्पादन लागत, नीतिगत अस्थिरता र प्रशासनिक जटिलताजस्ता चुनौती सामना गरिरहेको उनले बताए । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि निजी क्षेत्रको कर्जा माग न्यून रहेको उल्लेख गर्दै उनले कर नीति लगानीमैत्री, उत्पादनमैत्री र रोजगारीमैत्री हुनुपर्ने धारणा राखे । अध्यक्ष अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट) लाई बहुदरमा लागू गर्न, दुई करोड रुपैयाँसम्म कारोबार गर्ने साना उद्यमी तथा स्टार्टअपलाई कारोबारको ५५ प्रतिशतमा टर्नओभर ट्याक्स लगाउने व्यवस्था गर्न र उनीहरूलाई झन्झटिलो लेखा तथा अडिट प्रक्रियाबाट सहजीकरण गर्नुपर्ने बताए । नेपालमै उत्पादन हुने वस्तुमा सकारात्मक सूचीबाहेक अन्तःशुल्क हटाउन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हार्मोनाइज्ड सिस्टम कोड लागू गर्न पनि उनले आग्रह गरे । त्यसैगरी, भन्सारको अधिकतम दर २५ प्रतिशत र भ्याट १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न, वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेखीकरणमार्फत लगानी प्रोत्साहन गर्न तथा २५ वर्ष पुरानो आयकर ऐन, २०५८ लाई समयसापेक्ष पुनर्लेखन गर्नुपर्ने उनको भनाइ थियो । आयकर ऐनका दफा ५७ लगायत कारोबार तथा ट्रान्सफर प्राइसिङसम्बन्धी प्रावधानलाई पनि करदातामैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने उनले बताए । आर्थिक गतिविधि विस्तारका लागि आगामी पाँच वर्षलाई राष्ट्रिय उत्पादन र रोजगारी अभियानका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै अग्रवालले सार्वजनिक बिदा पुनरावलोकन गरी ‘कम बिदा, बढी काम, बढी उत्पादन र बढी रोजगारी’ को नीति अवलम्बन गर्न सुझाव दिए । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था स्वागतयोग्य भए पनि त्यसको प्रभाव अन्य उद्योगको श्रम लागत र उत्पादनमा पर्न सक्ने भन्दै उनले कार्यान्वयनअघि सरकार, श्रमिक र उद्योगीबीच छलफल तथा आर्थिक प्रभाव अध्ययन गर्नुपर्ने बताए । उनले बलियो निजी क्षेत्रबिना दिगो राजस्व सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धाभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र नियन्त्रणभन्दा सहजीकरणमुखी दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का... ...

रातोपाटी
भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी
Latest NewsJust now

भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी

हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले पहल थालेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले मालबाहक सवारी साधनको रुट... ...

रातोपाटी
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

काठमाडाैँ । चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय... ...

रातोपाटी
एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य

• सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ, जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका छन्। • लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका छन्। • आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ, जबकि पराजित टोलीले दोस्रो क्वालिफायरमा खेल्न पाउनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play