काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराले कर्णाली याक्सविरुद्ध टस जित्दै ब्याटिङ रोजेको हो। यस सिजनमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स आजको खेलमा चुनौतीपूर्ण योगफल तयार पार्ने लक्ष्यमा हुनेछ। उता कर्णाली याक्स भने सुरुवातमै विकेट लिएर पोखरालाई दबाबमा राख्ने योजनामा मैदान उत्रिनेछ।
कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






