Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति सङ्घले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगका सहकार्यमा सञ्चालन हुने ‘सम्भव जीवन’ परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ । परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविरमार्फत नागरिकलाई आँखा तथा कानको उपचारका पहुँचमा ल्याउने लक्ष्य परियोजनाले राखेको छ । कर्णाली प्रदेशमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले समेत देखाएका छन् । सङ्घले सन् २०२५ मा गरेको वैज्ञानिक अध्ययनअनुसार सुर्खेत र सल्यान जिल्लाका एक हजार ९४६ जना अध्ययन सहभागीमध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या पाइएको थियो । तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास देखिएको थियो । अध्ययनले समयमै परीक्षण, रोग पहिचान र उपचार सेवाको विस्तार आवश्यक रहेको औँल्याएको छ । त्यसैगरी, प्रदेशमा सन् २०१९ मा गरिएको ‘र्‍यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस’ सर्वेक्षणले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनाको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो । भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ र विशेषज्ञ सेवाको अभाव आँखा उपचारमा पहुँचका प्रमुख चुनौतीका रूपमा रहेका जनाइएको छ । सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगैकै सहकार्यमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम (२०२०– २०२५) कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी तथा बृहत्स्तरमा सेवा विस्तार गर्न लागिएको हो । उनले भने, ‘सम्भव जीवन’ परियोजनाले कर्णाली प्रदेशका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।’ तीन लाखभन्दा बढीलाई निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा ‘सम्भव जीवन’ परियोजना कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार परियोजनाको दोस्रो चरणअन्तर्गत तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ भने पाँच हजारभन्दा बढी आँखा तथा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । त्यसैगरी, विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ । यसका अतिरिक्त समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान, आवश्यक उपचार तथा थप विशेषज्ञ सेवाका लागि ‘रेफरल’ प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा समेत परियोजनाले जोड दिनेछ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिइने छ । सङ्घका महासचिव भरतबहादुर चन्दले भने, ‘कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याएको हौ । ‘ कर्णालीका दुर्गम जिल्लामा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् । त्यस्ता नागरिकलाई उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिककै घरदैलो नजिक विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताए । आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप गर्दै सन् २०२८ जुनसम्म लम्ब्याएको छ । क्लबले सम्झौतामा रहेको एक वर्ष थप गर्न सक्ने विकल्प प्रयोग गरेपछि पोर्चुगिज मिडफिल्डरको सम्झौता लम्बिएको हो । भविष्यमा नयाँ सम्झौताबारे छलफल गर्ने बाटो पनि खुला राखिएको युनाइटेडले जनाएको छ । यसैबीच, भाइरल संक्रमणका कारण फर्नान्डेजले आज राति प्रमियर लिगमा ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने सम्भावना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement