Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

करातेमा स्वर्ण जित्ने सुदूरपश्चिमका खेलाडीलाई एक लाख पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
करातेमा स्वर्ण जित्ने सुदूरपश्चिमका खेलाडीलाई एक लाख पुरस्कार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको करातेमा स्वर्ण पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रिलोक्यनाथ पाण्डेले राष्ट्रिय खेलकुदमा करातेबाट स्वर्ण पदक जित्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न करातेको प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा अध्यक्ष पाण्डेले प्रदेशबाट छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा पदक जित्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार घोषणा गरिएको कराते कञ्चनपुरका प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षको घोषणाले खेलाडीलाई थप हौसला मिल्नेछ । ‘यो खेलाडीका लागि निकै हौसलाको विषय हो । प्रदेश अध्यक्षको घोषणा स्वागतयोग्य छ । यसले खेलाडीलाई पदक जित्न थप प्रेरणा दिनेछ’, प्रशिक्षक चन्दले भन्नुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । महेन्द्रनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धाबाट एकल काता, समूह काता र कुमुतेतर्फका खेलाडी छनोट भएका हुन् । छनोटअनुसार पुरुष एकल कातातर्फ कञ्चनपुरका नागेश थलाल र महिला एकल कातातर्फ कञ्चनपुरकै पार्वती पार्की छनोट हुनुभयो । पुरुष समूह कातातर्फ कैलालीका प्रवेश मल्ल, मिलन कार्की र हेमबहादुर बोगटी छनोट हुनुभएको छ । महिला समूह कातातर्फ कञ्चनपुरका सुदिका अधिकारी, ज्यासमिनु मार्कण र निशा चौधरीले स्थान बनाउनुभएको छ । कुमुतेतर्फ महिलाको ४५ किलो तौल समूहमा कैलालीकी पूजा सुनार, ५० किलोमा कञ्चनपुरकी आयुषा ताम्राकार, ५५ किलोमा कैलालीकी करुणा जाग्री, ६१ किलोमा कैलालीकी गरिमा मल्ल र ६८ किलोमा कैलालीकी मनिषा बोहरा छनोट हुनुभएको छ । त्यस्तै, पुरुषतर्फ ५० किलोमा कैलालीका छत्र थापा, ५५ किलोमा दार्चुलाका सुरेन्द्र लोहार, ६० किलोमा कैलालीका लक्ष्मण बिसी, ६७ किलोमा कैलालीका अर्जुन थापा, ७५ किलोमा कैलालीका सन्देश पार्की, ८४ किलोमा कैलालीका कमल ओली र ८४ किलोभन्दा माथिको तौल समूहमा कैलालीका लोकेश पार्की छनोट हुनुभएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा कञ्चनपुर, कैलाली र डडेल्धुरामा दशौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ । कात्तिक २८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगिताअन्तर्गत महेन्द्रनगरमा आठ खेलको प्रतिस्पर्धा भएको छ । कराते, तेक्वान्दो, महिला तथा पुरुष कबड्डी र ह्याण्डबललगायत खेलको छनोट सम्पन्न भएको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play