Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन् : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन् : प्रचण्ड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुधार गर्दै कम्युनिस्ट पार्टीहरूलाई फेरि शक्तिशाली बनाउने दाबी गरेका छन्। उनले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामा चुनौती थपिएको बताए। आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका गल्ती सच्याएर जनतामाझ जाने बताए। पार्टीलाई पुनः सङ्गठित गर्दै जनताको विश्वास जित्ने उनको भनाइ थियो। ‘विगतका गल्ती सच्याउँदै जनताका घरदैलो तथा टोलबस्तीमा पुग्दै छौँ। हेर्दै जानुहोस्, कम्युनिस्ट पार्टीहरू फेरि पनि शक्तिशाली बन्ने छन्,’ उनले भने। जनतासँगको सम्बन्ध सुधार र पार्टी सङ्गठनलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सुरु गरिएको प्रचण्डले बताए। देशभर नयाँ चेतना फैलाउन घरदैलो अभियानसँगै राष्ट्रव्यापी आन्दोलनको तयारीसमेत भइरहेको उनले जानकारी दिए। परिवर्तनको उद्गम भूमि, हजारौँ सहिदको बलिदान र राजनीतिक विरासत बोकेको मधेशलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो। सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मधेशले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि फेरि अग्रभागमा रहेर साथ दिनुपर्ने उनले बताए। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समय पुराना राजनीतिक दल र राजनीतिज्ञलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको बताए। उनले ३५ वर्षको अवधिमा देशमा कुनै उपलब्धि नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै शिक्षा, साक्षरता, सडक, विद्युत् तथा पूर्वाधारका क्षेत्रमा उल्लेख्य परिवर्तन भएको दाबी गरे। नेपालले वर्तमान सरकारलाई रोजगारी सिर्जना, किसानका समस्या समाधान र उद्योगधन्दा सञ्चालनमा ध्यान दिन सुझाव दिए। उनले युरोपका देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट पार्टीको झन्डा फहराउने दाबी गरे। कार्यक्रममा सर्लाहीका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरिएको थियो। देशका अन्य ७६ जिल्लामा यसअघि नै एकता प्रक्रिया सम्पन्न भए पनि सर्लाहीमा आइतबार एकता सभा गरिएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिए। कार्यक्रममा जिल्लाभरबाट सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक, सहसंयोजक र प्रदेश इन्चार्जलगायत नेताले प्रशिक्षणसमेत दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play