Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कम्युनिष्ट एकता अभियान तीव्र बनाउने प्रचण्डको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्युनिष्ट एकता अभियान तीव्र बनाउने प्रचण्डको घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एउटै झण्डामुनि ल्याउने अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई दिगो बनाउन नसकिएको बताउनुभयो । एकपटक असफल हुँदैमा एकताको प्रयास त्याग्न नहुने उहाँको भनाइ थियो । ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ । हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन । अझै नेपालका साना-ठूला कम्युनिष्ट समूहलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ’, उहाँले भन्नुभयो । प्रचण्डले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्यको प्रस्ताव अघि सारिएको जानकारी दिनुभयो । मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उहाँको भनाइ थियो । देशभरबाट सामूहिक पहल गर्नसके ती शक्तिहरूबीच पनि साझा मोर्चा निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेका छन् : नेपालनेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमि कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि सञ्चालन गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उहाँले विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गर्नुभयो । यसप्रति पार्टीका नेता तथा कार्यकर्ता सचेत र सतर्क रहनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको भौगोलिक अवस्थाले असंलग्न परराष्ट्र नीतिको आवश्यकतालाई निर्देशित गरेको भन्दै उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउनुभयो । नेपालको भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नहुने र प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा नेपाल विवादमा पर्न नहुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रियतालाई पार्टीले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सबै सचेत हुनुपर्ने बताउनुभयो । यसैगरी, नेता नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यकर्ता प्रशिक्षण पार्टी निर्माणको महत्त्वपूर्ण आधार भएकाले समन्वय र योजनासहित प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल सगरमाथा र बुद्धको देश भएको उल्लेख गर्दै उहाँले बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउन तथा नेपालको गौरवशाली इतिहास अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जनताको हितमा समर्पित हुने पार्टी कम्युनिष्ट पार्टी नै रहेको दाबीसमेत उहाँले गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै... ...

रातोपाटी
रियल घरमै एलाभेससँग स्तब्ध
Latest NewsJust now

रियल घरमै एलाभेससँग स्तब्ध

खेलको अन्त्यतिर जुडे बेलिंघमले रातो कार्ड पाए र रियल दस खेलाडीमा पनि सीमित रहेको थियो । जोसे मोउरिन्होको रियल यसअघि सबै प्रतियोगिता गरेर १० खेलमा अपराजित रहेको थियो । ...

कान्तिपुर
निराशाजनक हारले युनाइटेड संकटमा
Latest NewsJust now

निराशाजनक हारले युनाइटेड संकटमा

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डसँग निराशाजनक रूपमा ४–० ले पराजित भएको छ र यसले क्लबमाथिको संकट अझ बढेको छ । ...

कान्तिपुर
मृतकका परिवारलाई राहत यसै साता
Latest NewsJust now

मृतकका परिवारलाई राहत यसै साता

काठमाडौँ, मङ्सिर १३ गते । रसुवा–भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारजन तथा आफन्तले राहत पाउने भएका छन् । बेपत्तालाई मृतकसरह राहत उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement