Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, फिल्म रिलिज भाेलि हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो,  फिल्म रिलिज भाेलि हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को एडभान्स बुकिङ खुला भएको छ। देशभरका विभिन्न सिनेमाघरले चलचित्रको अग्रिम टिकट बुकिङ सुरु गरेका छन् भने केही हलमा बुकिङ खुल्ने क्रम जारी छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससँगै वान सिनेमाज, आईएनआई सिनेमाजलगायतले एडभान्स बुकिङ खुला गरेका छन्। दर्शकले खल्ती र ईसेवा एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। त्यस्तै, क्युएफएक्सको आधिकारिक वेबसाइटबाट पनि टिकट बुक गर्न सकिनेछ। एडभान्स बुकिङ खुला भएसँगै दर्शकले चलचित्रका लागि अग्रिम टिकट काट्न थालेका छन्। खल्ती एपमा उपलब्ध विवरणअनुसार बिहीबार दिउँसो १२ बजेसम्म चलचित्रका लागि ६४ शो उपलब्ध देखिएका छन्। विभिन्न हलमा शो थपिने क्रमसमेत जारी रहेकाले प्रदर्शन मिति नजिकिँदै जाँदा शो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। गएको मंगलबार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । बिशेषगरी चलचित्रको प्रस्तुतीकरण र कथाको तारिफ गरिएको थियो । को–को छन् चलचित्रमा ? बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ। श्रद्धा प्रसाईं र सुमित्रा थापा चलचित्रका निर्माता हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। सुदीप बराल चलचित्रका छायांकार हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई रहेका छन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
Latest NewsJust now

दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तर्क्रियामा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारीबाट कुनै पनि पक्ष पन्छिन नमिल्ने बताए । मन्त्री तिमिल्सिनाले लामो ...

केन्द्रबिन्दु
इरानका नेता जन्मदर बढाउन चाहन्छन्, तर कमजोर अर्थतन्त्र बाधक बन्दैछ
Latest NewsJust now

इरानका नेता जन्मदर बढाउन चाहन्छन्, तर कमजोर अर्थतन्त्र बाधक बन्दैछ

तेहरान । इरानले घट्दो जनसंख्याबाट बच्न युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गर्नुपर्ने सर्वोच्च नेता मोज्तबा खामेनीले बताएका छन् । ९ करोड ३० लाख जनसंख्या भएको इरान अहिले जनसांख्यिकीय संकटको... ...

रातोपाटी
विद्यालय पाठ्यक्रममा ‘एआई’ र जीवनोपयोगी सीप समेटिने
Latest NewsJust now

विद्यालय पाठ्यक्रममा ‘एआई’ र जीवनोपयोगी सीप समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने ...

केन्द्रबिन्दु
स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‌मा दर्ता गर्ने तयारीमा मन्त्रालय
Latest NewsJust now

स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‌मा दर्ता गर्ने तयारीमा मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । संशोधनमार्फत स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित बनाउने र सबै नागरिकलाई बिमाको दायरामा ल्याउने तयारी गरिएको छ । बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग यस विषयमा थप छलफल भएको हो । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement